सङ्खुवासभामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु - News Birat

सङ्खुवासभामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

न्यूज विराट
सङ्खुवासभा, १ कात्तिक-कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएका धर्मदेवी नगरपालिका-३ का ८० वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार आज अपराह्न १ बजे उनको मृत्यु भएको हो । उनी तीन दिनदेखि होम आइसोलेशनमा बसेका थिए ।सङ्क्रमितको मृत्यु भएपछि स्थानीयवासी थप त्रसित बनेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles