मेरिल्याण्डमा हाजिरी जवाफ प्रतियोगीता, सुनगाभा सेक्सन प्रथम

 न्यूज विराट
मेरिल्याण्डमा हाजिरी जवाफ प्रतियोगीता, सुनगाभा सेक्सन प्रथम

विराटनगर । विराटनगर– ७ स्थीत मेरिल्याण्ड कलेजले सोमबार कक्षा – ११ का विद्यार्थीहरुको लागि क्वीज प्रतियोगिता सम्पन्न गरेको छ ।
क्वीजमा कक्षा ११ का नौ वटा टीमको सहभागीता रहेकोमा प्रथम सुनगाभा सेक्सन भयो । द्वितीय सुनाखरी सेक्सन र तृतिय जाई सेक्सन भए । विजयी प्रतियोगीहरुले कक्षा १२ को क्वीज विजेता टीमसँग पुष ९ गते प्रतिस्पर्धा गर्नेछन् ।

कार्यक्रमको उद्घाटन मेरिल्याण्ड कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले पहिलो प्रश्न सोधी गरे । कार्यक्रममा नवजीत प्रधान, दिपेस भगत, डा. पि.के. झा, भेषराज पोखरेल र डा. मनोज गुप्ता लगायतले क्वीज मास्टरको भूमिका निर्वाह गरे ।
मेरिल्याण्ड कलेजले २०८सालको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार नै विद्यार्थीको चौतर्फी विकासका लागि विभिन्न अतिरिक्त कृयाकलाप गराउँदै आएको प्रिन्सीपल लक्ष्मण ढकालले बताए । कार्यक्रममा कलेजका डाइरेक्टर प्रदीप भगत, नन्द किशोर अग्रवाल लगायत शिक्षकहरु टंक कोइराला, बद्री पौडेलको उपस्थिति रहेको थियो ।

त्यस्तै स्कोरबोर्डमा कर्मचारी द्वय मुक्ति गच्छदार र किशोर रायले सहयोग गरेका थिए । हालै राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित २०८० सालको कक्षा – १२ को रिजल्टमा मेरिल्याण्डले ९५.३७ प्रतिशत विद्यार्थी उतिर्ण गराइ उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । स्मरण रहोस् मेरिल्याण्ड ब्यबस्थापन शिक्षामा देशभरिमै सधै टप टेनमा पर्ने अग्रणी शैक्षिक संस्थामा पर्दछ ।

सम्बन्धित समाचार

कोरोनाभाइरसबाट युरोपमा एकको मृत्यु

एजेन्सी, फागुन ४–फ्रान्समा एक चिनियाँ पर्यटकको नयाँ कोरानाभाइरसबाट मृत्यु भएको छ। यो एसिया बाहिर कोरोनाभाइरस रोगबाट पहिलो पटक मृत्यु भएको हो। उनी जनवरी १६ मा फ्रान्स पुगेकी थिइन र २५ जनवरीमा क्वारेन्टाइन अस्पातालमा राखिएको थियो।...

रतुवामाईमा रसायनिक मल अभाव

विराटनगर, बैशाख २१–मोरङको रतुवामाई नगरपालिकामा रसायनिक मल अभाव भएपछी कृषकहरु यतिबेला चिन्तीत बनेका छन् । धान जोन र मकैको ब्लक क्षेत्र रहेको सो नगरपालिकामा कृषकहरु यतिबेला रासायनिक मल नपाएर हैरान भएका हुन् । चैते धान...

काठमाडौं उपत्यकामा थपिए आज ४०४ कोरोना संक्रमित

बिहीबार काठमाडौं उपत्यकामा ४ सय ४ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । संक्रमित हुनेमा १ सय ६० महिला र २ सय ४४ जना पुरुष रहेका छन् । आज काठमाडौंका ३ सय २८, भक्तपुरका...

अब बैंकमा अत्यावश्यक सेवा मात्र

काठमाडौँ, ३१ वैशाख । बैंकहरूले अत्यावश्यकबाहेकका सेवा नदिने भएका छन् । पछिल्ला दिनमा कर्मचारीहरूमा कोभिडको संक्रमण बढेसँगै बैंकहरूले प्रदान गर्ने सेवा घटाएका हुन् । बैंकमा सेवाग्राहीको भीड कसरी कम गर्न सकिन्छ भन्ने सम्बन्धमा बिहीबार राष्ट्र...

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

झापा, २५ असोज-झापामा आफ्नै श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाँउपालिका- २ त्रिवेणी चोक बस्ने  ३४ बर्षीय रामजी थापा रहेका छन् । प्रहरीका अनुसार थापाले शनिबार साँझ पौने ६...

बेलबारी बोयर बाख्रा प्रकरणः उपप्रमुखद्वारा छानविन समितिमा बस्न अस्वीकार

विराटनगर, २७ जेठ । मोरङको बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले नगरपालिकाले बोरय बाख्रा प्रकरणको छानबिन गर्न गठन गरेको छानबिन समितिमा बस्न अस्वीकार गरेकी छन् । नगरपालिकाको २४ गते बसेको कार्यपालिकाको बोर्डले सत्य तथ्य छानबिन गरी...

लकडाउनको उल्लंघन गर्दै नाराबाजी गर्ने जसपाका १५ कार्यकर्ता पक्राउ

जनकपुर, ८ जेठ-लकडाउनको उल्लंघन गर्दै जनकपुरधाममा नाराबाजी गर्ने जनता समाजवादी पार्टी (जसपा)का १५ जना नेता/कार्यकर्तालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जसपाका युवा नेता नवीन यादव र मुकेश झाको नेतृत्वमा प्रदर्शन गरिएको हो । केही...

ग्रामथान उपनिर्वाचन : मतदान नसकिएसम्म सवारीसाधन आवतजावतमा रोक

विराटनगर । मंसिर १६ गते हुने मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले सवारीसाधन आवतजावतमा रोक लगाएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्नका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्