बेलबारी बोयर बाख्रा प्रकरणः उपप्रमुखद्वारा छानविन समितिमा बस्न अस्वीकार

 न्यूज विराट
बेलबारी बोयर बाख्रा प्रकरणः उपप्रमुखद्वारा छानविन समितिमा बस्न अस्वीकार

विराटनगर, २७ जेठ । मोरङको बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले नगरपालिकाले बोरय बाख्रा प्रकरणको छानबिन गर्न गठन गरेको छानबिन समितिमा बस्न अस्वीकार गरेकी छन् ।

नगरपालिकाको २४ गते बसेको कार्यपालिकाको बोर्डले सत्य तथ्य छानबिन गरी सात दिनमा कार्यपालिकाको बैठकमा पेस गर्ने गरी उपप्रमुखको संयोजकत्वमा सात सदस्सीय छानबिन समिति गठन गरेको थियो ।

तर कार्यव्यस्थता र स्वास्थ्यको कारण देखाउँदै आफू समितिमा बसेर काम गर्न असमर्थ रहेको भन्दै उपप्रमुख पराजुलीले नगरपालिकाले गठन गरेको उक्त समितिको संयोजक पद अस्वीकार गरेकी हुन् ।

उपप्रमुखले आफ्नो कार्यव्यस्थता वा स्वास्थ्यको कारण देखाए छानबिन समितिको संयोजक पद अस्वीकार गरेको बताए पनि केहीले भने यसलाई राजनीतिको संज्ञा दिएका छन् । यसलाई केन्द्रको राजनैतिक टकरावको प्रतिफलको रूपमा लिएका छन् । नगरप्रमुख ज्ञानेन्द्र सुवेदी नेपाल पक्ष निकट मानिनुहुन्छ भने उपप्रमुख पराजुलीले ओलीनिकट मानिन्छिन् ।

सम्बन्धित समाचार

अख्तियारका प्रमुख घिमिरेमा काेराेना संक्रमण पुष्टि

काठमाडौं, २७ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ ।  सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गरेको सामूहिक परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । उनी संक्रमण...

विराटनगरमा युवा संघ र अनेरास्ववियु कार्यकर्ताद्धारा सरकारविरुद्ध प्रदर्शन

विराटनगर, २२ माघ । नेकपा (एमाले) का कार्यकर्ताले शनिबार विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । युवा संघ र अनेरास्ववियु विराटनगर महानगर कमिटीको आयोजनामा कार्यकर्ताले राँके जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । विराटनगरस्थित संसारी माईस्थानदेखि बी...

विराटनगरमा सडक महोत्सव सुरू, दैनिक सांस्कृतिक कार्यक्रम

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको विराट सडक महोत्सव सुरु भएको छ । माघ १४ गतेसम्म लाग्ने सडक महोत्सवको उद्घाटन बिहीबार गरिएको हो । तीनदिनसम्म संचालन हुने महोत्सवमा आदीवासि जनजाति सामुदायहरूको खानाको परिकारको साथै दैनिक सांस्कृतिक...

प्रदेश १ मा ८६० जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

विराटनगर, १ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा...

भिरबाट जङ्गलमा झरेर छटपटिएका कैलाशमको आर्या न्यूरो हस्पिटलमा सफल उपचार

विराटनगर । उपचार नपाएर पाँच दिनदेखि धरानको जङ्गलमा छटपटिएका कैलालीको टिकापुर ६ का ४० वर्षीय कैलाश चौधरीको सफल उपचार भएको छ । चौधरीको विराटनगरस्थित आर्या न्युरो हस्पिटलमा सफल उपचार भएको हो । लेभर काम गर्ने...

कोशी प्रदेशका खेलकुद बोर्डका सदस्य सचिव वाग्लेलाई बर्खास्त

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बुधबार उनलाई बर्खास्त गरेको हो । सदस्य सचिव वाग्लेलाई बर्खास्त गर्नुको मुख्य कारण भने सरकारले कार्यक्रमको...

कोरोना संक्रमितमा गरिएको पहिलो प्लाज्मा थेरापी असफल

एजेन्सी, बैशाख १९-भारतको मुम्बईमा कोरोना भाइरसका संक्रमितमा गरिएको पहिलो प्लाज्मा थेरापीको प्रयोग असफल भएको छ ।महाराष्ट्र राज्यका स्वास्थ्यमन्त्री राजेश टोपेले कोरोना भाइरसका बिरामीको उपचारमा प्लाज्मा थेरापी प्रभावकारी हुने दाबी गरेका थिए । तर बिहीबार कोरोना...

इटहरी उपमहानगरपालिका क्षेत्र सिल

विराटनगर, ६ जेठ-इटहरी उपमहानगरपालिका-२ मा १८ वर्षीय १ युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरले ५ दिन उपमहानगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ । इटहरीमा संक्रमण पुष्टि भएलगत्तै सुरक्षा अधिकारीसहितको विपद् व्यवस्थापन समितिको आकस्मिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्