राशिफल

कोरोनाभाइरसबाट युरोपमा एकको मृत्यु

 न्यूज विराट
कोरोनाभाइरसबाट युरोपमा एकको मृत्यु

एजेन्सी, फागुन ४–फ्रान्समा एक चिनियाँ पर्यटकको नयाँ कोरानाभाइरसबाट मृत्यु भएको छ। यो एसिया बाहिर कोरोनाभाइरस रोगबाट पहिलो पटक मृत्यु भएको हो। उनी जनवरी १६ मा फ्रान्स पुगेकी थिइन र २५ जनवरीमा क्वारेन्टाइन अस्पातालमा राखिएको थियो।

फ्रान्सका स्वास्थ्यमन्त्री अग्निस बुजिनका अनुसार पीडित महिला चीनको हुबेई प्रान्तकी ८० बर्षे महिला थिइन्। चिन बाहिर अहिले सम्म तिन जनाको मृत्यु भएको छ। हङकङ, फिलिपिन्स र जापानमा १–१ जना गरी तिन जनाको मृत्यु भएको हो। चिनमा अहिले सम्म १५०० जनाको कोरोना भाइरसबाट मृत्यु भैसकेको छ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...