अब बैंकमा अत्यावश्यक सेवा मात्र - News Birat

अब बैंकमा अत्यावश्यक सेवा मात्र

न्यूज विराट

काठमाडौँ, ३१ वैशाख । बैंकहरूले अत्यावश्यकबाहेकका सेवा नदिने भएका छन् । पछिल्ला दिनमा कर्मचारीहरूमा कोभिडको संक्रमण बढेसँगै बैंकहरूले प्रदान गर्ने सेवा घटाएका हुन् ।

बैंकमा सेवाग्राहीको भीड कसरी कम गर्न सकिन्छ भन्ने सम्बन्धमा बिहीबार राष्ट्र बैंक र बैंकहरूबीच छलफल भएको थियो । सोही छलफलका आधारमा संक्रमणको अवधिमा बैंकले प्रदान गर्ने सेवाबारे बैंकर्स संघले विज्ञप्तिमार्फत सर्वसाधारणलाई जानकारी गराएको हो ।

संक्रमणको अवधिमा पनि बैंकहरूका सबै एटीएम भने खुला रहनेछन् भने कार्यालय समयभर कल सेन्टर पनि सञ्चालन हुनेछ । यस्तै सेवाग्राहीले बैंकहरूबाट नगद झिक्न पाउनेछन् भने ५० हजारभन्दा कम रकम बैंकमा नगदमा जम्मा गर्न पाइने छैन ।

५० हजारभन्दा बढी रकम मात्र नगदमा बैंकमा राख्न पाइनेछ । यस्तै ग्राहकले एउटा बैंकबाट अर्को बैंक वा खातामा रकम स्थानान्तरण गर्न, रेमिट्यान्स लिन÷पठाउन र अन्तर्राष्ट्रिय व्यापारका लागि आवश्यक सेवा भने पाउनेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles