
झापा, २५ असोज-झापामा आफ्नै श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाँउपालिका- २ त्रिवेणी चोक बस्ने ३४ बर्षीय रामजी थापा रहेका छन् ।
प्रहरीका अनुसार थापाले शनिबार साँझ पौने ६ बजे २४ बर्षीया श्रीमती रिता थापाको हत्या गरेका थिए । घरायसी विषयमा विवाद हुँदा थापाले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार श्रीमतीको हत्या आराेपमा पक्राउ परेका थापामाथि कर्तव्य ज्यान अन्तर्गत मुद्दामा कानुनी कारबाही अगाडि बढाइएको छ ।