काठमाडौं उपत्यकामा थपिए आज ४०४ कोरोना संक्रमित - News Birat

काठमाडौं उपत्यकामा थपिए आज ४०४ कोरोना संक्रमित

न्यूज विराट

बिहीबार काठमाडौं उपत्यकामा ४ सय ४ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । संक्रमित हुनेमा १ सय ६० महिला र २ सय ४४ जना पुरुष रहेका छन् । आज काठमाडौंका ३ सय २८, भक्तपुरका २५ र ललितपुरका ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर ७ हजार ३ सय ३२ को पीसीआर गर्दा आज १ हजार २ सय १७ जनामा कोरोना पुष्टि भएको छ । योसहित संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।

त्यस्तै, आज १ हजार ६४ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३१ जार ६ सय १ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles