कोशी सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा, सोमबारबाट मुद्दाको निरन्तर सुनुवाई हुने

 न्यूज विराट
कोशी सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा, सोमबारबाट मुद्दाको निरन्तर सुनुवाई हुने

विराटनगर । कोशी प्रदेश सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजालसले मुद्दालाई अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन आइतबार आदेश गरेको हो । इजलासले सोमबारबाट मुद्दाको निरन्तर सुनुवाई गर्न पनि आदेश दिएको छ ।

पूर्ण इजलासमा पठाउने निर्णय गर्दै न्यायाधीशद्वयले निवेदनको विषय वस्तु गम्भीर भएको ठहर पनि गरेका छन् । सर्वोच्चले उस्तै प्रकृतिको मुद्दा यसअघि पनि निराकरण भइसकेको अवस्थामा फेरि जटिल कानुनी प्रश्न समावेश भएको देखिएको पनि उल्लेख गरेको छ । ‘यसमा प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा, यिनै निवेदक पक्ष र यिनै विपक्षी विपक्षीसमेत भएको ०७२–डब्लुओ–१४९४ को उत्प्रेषण मुद्दामा प्रस्तुत मुद्दासँग समान प्रकृतिको भई पूर्ण इजलासबाट निराकरण भइसकेको देखिएकोले प्रस्तुत मुद्दामा पनि जटिल कानूनी प्रश्न समावेश भएको देखियो’, सर्वोच्चले भनेको छ, ‘ त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त देखिएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ (२) (ग) बमोजिम आगामी १८ गते पूर्ण इजलासमा पेश हुने गरी पेशी तोकी नियमानुसार पेश गर्नू ।’

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा यो रिटको पेशी तोकिएको थियो। तर, न्यायाधीश खतिवडाले रिटको पहिलो सुनुवाइमै आफूले अन्तरिम आदेश दिएकाले हेर्न नमिल्ने भनेपछि पेशी स्थगित भएको थियो ।
भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमाले सर्वोच्च गएको थियो । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले थापाको सरकार बर्खास्त गरि आफूलाई मुख्यमन्त्री नियुक्त गर्ने परमादेश माग गर्दै रिट दिएका हुन् ।

रिटमा सर्वोच्चले भदौ ७ गतेको सुनुवाइ गर्दै कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश गरेको थियो । सर्वोच्चको आदेशपछि कोशी सरकार बजेटविहीनको स्थितिमा छ ।

सम्बन्धित समाचार

सीएनआई कोसी एक्स्पो : पाँच मुख्य पेभिलियन, ३०० बढि युवालाई रोजगारी

विराटनगर । विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको सीएनआई कोसी एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहने भएका छन् । अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको नामबाट नामाकरण गरिएका छन् । एक्स्पोका...

बंगलादेशमा भएको विस्फोटनमा परी सातको मृत्यु, ५० घाइते

एजेन्सी, १४ असार ।बंगलादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् । व्यावसायिक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्...

अन्ततः वामदेव राष्ट्रियसभा सदस्य हुने

काठमाडौं, १८ भदौ-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमा गौतमलाई सिफारिस निर्णय गरेको हो।...

कोभिड–१९ कोषमा निर्माण व्यवसायीको ९१ लाख सहयोग

काठमाडौं, २८ चैत-नेपाल निर्माण व्यवसायी महासंघले प्रत्येक प्रदेश सरकारलाई कोरोना भाईरस कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि १३ लाखका दरले जम्मा ९१ लाख सहयोग गरेको छ । सबै निर्माण व्यवसायीहरूको निर्माण कार्यको बिलबाट कट्टागरि जम्मा भएको...

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछः मुख्यमन्त्री राई

विराटनगर,१५ मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठवन्धनमा रहेका केही पार्टीहरुको राष्ट्रिय तथा जिल्ला अधिवेशन चलिरहेकोले प्रदेश मन्त्रीपरिषदले पूर्णता पाउन ढिलाई भएको बताउनु भएको छ। मुख्यमन्त्री राई नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको...

कोरोनाबाट संविधानसभाका पूर्वसभासद् चौधरीको निधन

सप्तरी, ११ कात्तिक-संविधानसभाका पूर्वसदस्य (सभासद्) मानपुर चौधरीको निधन भएको छ । सप्तरीको कञ्चनरूप नगरपालिका- ४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उनी कोरोना संक्रमणपछि बीपी प्रतिष्ठानमा...

सीमा सुरक्षाका लागि गाउँपालिकाले म्यादी प्रहरी राख्ने

भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ । गाउँपालिकाले वडा नंं ६ मा पर्ने सुनबालुवा, लामीबगर, वडा नं ७ को भँगालेटार, वडा नं ९...

विराटनगरमा आज एकैदिन ६० जनामा कोरोना पुष्टि

विराटनगर, साउन २९–विराटनगर महानगरपालिकामा गएको २४ घण्टामा ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । बिहीबार महानगरमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन् । विराटनगर महानगरपालिकाका अनुसार संक्रमितमध्ये...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्