अन्ततः वामदेव राष्ट्रियसभा सदस्य हुने - News Birat

अन्ततः वामदेव राष्ट्रियसभा सदस्य हुने

न्यूज विराट
काठमाडौं, १८ भदौ-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमा गौतमलाई सिफारिस निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णयअनुरूप राष्ट्रियसभा सदस्यमा गौतम सिफारिस गर्ने प्रस्ताव गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  एक जना राष्ट्रियसभा सदस्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ । उक्त राष्ट्रियसभा सदस्यका लागि अर्थमन्त्री डा. युवराज खतिवडालाई कि गौतमलाई पठाउने भन्ने विषयमा नेकपाभित्र विवाद हुँदै आएको थियो ।

साथै बैठकले पार्टीभित्रको समस्या समाधानका लागि कार्यदलले अध्ययन गरेर पेस गरेको प्रतिवेदनमा प्रारम्भिक छलफल गरेको छ । प्रतिवेदनमा प्रस्तुत महत्वपूर्ण सुझावलाई आधार बनाएर र बैठकमा छलफलका क्रममा व्यक्ति विचारलाई समेत ध्यान दिएर अध्यक्षद्वयले स्थायी कमिटीको बैठकका कार्यसूची, पार्टी र सरकारका सम्बन्धमा निर्णय गर्नका लागि आवश्यक प्रस्ताव तयार पारी गृहकार्य गर्ने निर्णय भएको उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles