सीमा सुरक्षाका लागि गाउँपालिकाले म्यादी प्रहरी राख्ने

 न्यूज विराट
सीमा सुरक्षाका लागि गाउँपालिकाले म्यादी प्रहरी राख्ने

भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।

गाउँपालिकाले वडा नंं ६ मा पर्ने सुनबालुवा, लामीबगर, वडा नं ७ को भँगालेटार, वडा नं ९ पर्ने मचुवा, सिम्ले र चुहार सीमानाकाबाट बिनाअनुमति हुने आवतजावतलाई रोक्नका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको हो । गाउँपालिको सूचना जारी गरेर आजसम्म दर्खास्त दिन आह्वान गरेको छ ।

सरकारले लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जान रोक लगाएपछि सोको कार्यान्वयन गर्न गाउँपालिकाले म्यादी प्रहरी भर्ना गरेर सुरक्षा दिन लागेको हो ।

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै म्यादी प्रहरीका लागि इच्छुकले सम्पर्क गर्न सूचना जारी गरेको छ । त्यस्तै लकडाउनका बेला बन्द भएको आवागमनलाई ध्यान दिँदै गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेकाको नामावली सङ्कलन थालेको छ ।

गाउँपालिका क्षेत्रभित्र रहेका त्यस्ता व्यक्तिको विवरण सङ्कलन गरेर स्वास्थ्य शाखासँगको समन्वयमा औषधि उपलब्ध गराउने गाउँपालिका स्तरीय ‘कोभिड–१९ ¥यापिड रेसपोन्स टीम’ले निर्णय गरेको छ ।

कतिपय औषधि स्थानीय मेडिकलमा पनि नपाइने अवस्थामा ख्याल गर्दै सुगर, प्रेसर, दमलगायतका अन्य बिरामीलाई राहत पुगोस् भन्ने लक्ष्यले उनीहरूले सेवन गरिरहेको औषधि ल्याउन सहजीकरण गरिदिने गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए । रासस

सम्बन्धित समाचार

‘प्रेस’ लेखिएको भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट हतियारसहित २ जना पक्राउ

सर्लाही, जेठ ४-सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो...

इटहरीमा यामाहाएक्चेन्ज मेला सुरु

विराटनगर, ७ चैत । मोटरसाइकलका ग्राहकहरुलाई लक्षित गरी सुनसरीको इटहरीमा रहेको यामाहा मोटरसाईकल तथा स्कुटरहरुको विक्रेता तिरुपति अटो सिटीले यामाहाएक्चेन्ज मेला सुरु गरेको छ । पुराना मोटरसाईकल तथा स्कुटरहरुको उचित मुल्याँकन सहित सट्टामा नयाँ मोटरसाईकल...

प्रदेश १ मा ९० वर्षिया महिला सहित ५७ जना डिस्चार्ज, १८ संक्रमित थपिए

विराटनगर, २१ साउन–प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६ पुरुष ४...

सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, २३ जेठ । सुनसरीको बराह क्षेत्रमा करेन्ट लागेर एक जनााको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका—६ जब्दी की ३७ बर्षीया सरस्वती श्रेष्ठ रहेकी छिन् । आइतबार राति साढे सात बजेतिर घर अगाडीको...

साउदीमा अनिश्चितकालका कर्फ्यूको अवधि बढाउने निर्णय

एजेन्सी, चैत ३०--साउदी अरबले मुलुकभर लगाएको कर्फ्यू अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड- १९) को नियन्त्रणका लागि भन्दै साउदी सरकारले अर्को सूचना नआएसम्मका लागि कर्फ्यू जारी राख्ने निर्णय गरेको हो ।...

अन्तर विद्यालय स्तरीय पब्जी प्रतियोगिता

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले शनिबार कलेज परिसरमा अन्तर विद्यालय स्तरीय पब्जी प्रतियोगिता आयोजना गरेको छ ।मोरङ र सुनसरीका १५ वटा कलेजका विद्यार्थीहरुले यस प्रतियोगितामा सहभागिता जनाएका छन् ।कलेज प्रमुख भरत सापकोटाका अनुसार...

मोरङको लेटाङमा पनि एमाले विजयी

विराटनगर, ४ वैशाख । मोरङको लेटाङ नगरपालिकामा पनि एमाले विजयी भएको छ । मेयर उपमेयर दुवै पदमा विजयी भएको हो । मेयरमा एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावतीले नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरेका हुन्...

अपाङ्गता भएका ३४ जनाले पाए ह्विल चियर

विराटनगर । मोरङ र सुनरीका ३४ जना अपाङ्गता भएका व्यक्तिहरुले ह्विल चियर पाएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा अपाङगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्र्तगत उनीहरुलाई ह्विल चियर बितरण गरिएको हो । यसरी अपाङ्गता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्