मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछः मुख्यमन्त्री राई

 न्यूज विराट
मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछः मुख्यमन्त्री राई

विराटनगर,१५ मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठवन्धनमा रहेका केही पार्टीहरुको राष्ट्रिय तथा जिल्ला अधिवेशन चलिरहेकोले प्रदेश मन्त्रीपरिषदले पूर्णता पाउन ढिलाई भएको बताउनु भएको छ।

मुख्यमन्त्री राई नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको आज अनुगमन पश्चात सञ्चारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै उहाँले कार्य क्षेत्र मिलाएर मन्त्रीको सङख्या केही वढाउने सम्वन्धमा गठवन्धन दलहरुवीच आन्तरिक तयारी भैरहेको र बैठक वसी चाँडै मन्त्रिमण्डललाई पूर्णता दिने जानकारी दिनुभयो ।

उहाँले विगतको सरकारले पेश गरेको बजेट पुनरावलोकन हुने बताउदै आर्थिक श्रोत साधन कसरी जुटाउने तथा अनावश्यक राखिएको बजेटको कटौती हुने बताउनु भयो । मुख्यमन्त्री राईले व्यक्ति कुन पार्टी हो नभनी रित नपुगी विगतको सरकारले गठन गरेको वोर्डहरुलाई सच्चाउने जानकारी दिनु भयो ।

उहाँले गठवन्धन दलको न्यूनतम साझा कार्यक्रमको खाका तयार भैसकेको जानकारी दिदै दलहरुलाई मेल पठाएको वैठक वसी सार्वजनिक गरिने बताउनु भयो । मुख्यमन्त्री राईले प्रदेशको नाम राख्नका लागि कार्य दल गठन गर्ने,प्रकिया आगाडि वढाउने र संसदको वैठकमा प्रवेश गराई वहुपक्षीय छलफल एवं सहमतीमा टुङग्याउन सरकारको ध्यान गएको प्रष्ट पार्नु भयो ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्