कोरोनाबाट संविधानसभाका पूर्वसभासद् चौधरीको निधन

 न्यूज विराट
कोरोनाबाट संविधानसभाका पूर्वसभासद् चौधरीको निधन

सप्तरी, ११ कात्तिक-संविधानसभाका पूर्वसदस्य (सभासद्) मानपुर चौधरीको निधन भएको छ । सप्तरीको कञ्चनरूप नगरपालिका- ४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उनी कोरोना संक्रमणपछि बीपी प्रतिष्ठानमा उपचाररत थिए ।

ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोज तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए ।

घरमा नै  नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाई उपचार गर्दा समेत सास फेर्न गाह्रो भएपछि गत २ असोजमा राति थप उपचारका लागि उनलाई बीपी प्रतिष्ठान लगिएको थियो।

सोही दिन उनको स्वाब संकलन गर्दा ३ असोजमा पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित समेत थिए।

दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजिटिभ देखिएको थियो । कोरोना पोजेटिभ आएपछि प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा उनको मृत्यु भएको नगर प्रमुख वसन्तकुमार मिश्रले बताए । चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

विराटनगरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

विराटनगर । विराटनगर – ३ पुष्पमार्गमा शनिबार बिहानै भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार ‘खतरा ’ भन्ने लेखेर पुष्पमार्गमा मबिलको बट्टा राखिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले विराटनगरमा...

सुदूरपश्चिमका सांसदलाई प्रचण्ड–नेपाल पक्षको धम्की

कैलाली, २० पुस-सुदुरपश्चिम प्रदेशका सांसदहरुलाई नेकपा प्रचण्ड–नेपाल पक्षले धम्कि दिने थालेको उद्योगमन्त्री लेखराज भट्टले आरोप लगाएका छन् । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुलाई प्रचण्ड–माधव समूहले धम्की दिन थालेको उनको दाबी छ । धनगढीमा सोमबार आयोजना गरिएको पत्रकार...

रघुजीलाई अस्पतालमा भेट्दै प्रचण्डले भने : यही अवस्थामा ओलीसँग सँगै जान सकिन्न

काठमाडौं, १३ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही अवस्थामा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सँगसँगै जान नसकिने बताएका छन् । काठमाडौं मोडल अस्पतालमा उपचाररत रघुजी पन्तको स्वास्थ्य बुझ्न पुगेका प्रचण्डले अर्का...

प्याब्सन विराट कपको फाइनलमा मदरल्याण्ड र डनबस्को स्कुल भिड्ने

विराटनगर । विराटनगरमा रहेको मदरल्याण्ड एकाडेमी र डनबस्को स्कुल दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा बिहीबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीले सेन्टजोसेफ स्कुललाई २–१ गोलले पराजित...

‘लक डाउन’ मा जाने धरान उपमहानगरपालिकाको निर्णय

विराटनगर, चैत १०–धरान उपमहानगरपालिकाले ‘लक डाउन’ मा जाने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि लकडाउनको घोषणा गरिएको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताइन् । लकडाउनका घोषणा भएसँगै...

धनुषामा गोली प्रहरी गरी युवकको हत्या

धनुषा, २८ जेठ-धनुषाको सबैलामा गएराती गोली प्रहारबाट १ युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका-७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज...

विराटनगरमा तीन सहित प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन आयोजना गरेको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा भारतको इंदौर शहरबाट आएको सन टु ह्युमेन फाउण्डेसन  संस्थामार्फत विराटनगरको सबै रोटरी क्लब,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्