कोभिड–१९ कोषमा निर्माण व्यवसायीको ९१ लाख सहयोग

 न्यूज विराट
कोभिड–१९ कोषमा निर्माण व्यवसायीको ९१ लाख सहयोग

काठमाडौं, २८ चैत-नेपाल निर्माण व्यवसायी महासंघले प्रत्येक प्रदेश सरकारलाई कोरोना भाईरस कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि १३ लाखका दरले जम्मा ९१ लाख सहयोग गरेको छ ।

सबै निर्माण व्यवसायीहरूको निर्माण कार्यको बिलबाट कट्टागरि जम्मा भएको निर्माण व्यवसाय विकास परिषद्अन्तर्गत रहेको निर्माण व्यवसायी कोषबाट खर्च हुने गरि कोरोना भाइरस (कोभिड-१९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सात वटा प्रदेश सरकारलाई उक्त रकम सहयोग गर्ने निर्णय भएको हो । यो सहयोग रकम महासंघ अन्तर्गतका प्रदेश निर्माण व्यवसायी महासंघको अनुरोध र समन्वयमा  भएको हो ।

यसअघि पनि महासंघले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्र सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो । यसरी दुई पटक गरि महासंघले  कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जम्मा १ करोड ९१ लाख रूपैयाँ सहयोग गरेको महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महासंघअन्तर्गतका प्रदेश महासंघ, जिल्ला संघ, वस्तुगत संघ र एशोसिएट निर्माण व्यवसायी फर्म कम्पनी सदस्यहरूलाई देशभर आआफ्नो ठाउँबाट स्वास्थ्य सुरक्षा अपनाई यस कोरोना भाइरसका कारण समस्यामा परेकालाई राहत र यसको रोकथामको लागि सक्दो सहयोग गर्न समेत महासंघ अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमितको नतिजा पुनः पोजेटिभ

टेकु अस्पतालमा उपचार गराइरहेका दुइजनाको पुन कोरोना भाइरस संक्रमणका रिपोर्ट पोजेटिभ देखिएको छ ।दोस्रो पटकको परीक्षणमा पनि पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी...

उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ

आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो...

कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरमा पहिचानवादीको आन्दोलन (फोटो फिचर )

विराटनगर । कोशी प्रदेशको नामकरण खारेजी गरी पहिचानको आधरमा नामकरण गरिनुपर्ने माग राख्दै पुन : पहिचानको आन्दोलन ब्युँतिएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार दोस्रो चरणको आन्दोलन सुरु गरेसँगै पुनः पहिचानको आन्दोलन...

पूर्वाञ्चल विद्या सदनमा स्वास्थ्य शिविर, चार सय बढी विद्यार्थीले गरे स्वास्थ्य परीक्षण

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । स्कुल परिसरमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा ४ सय...

घरमै पुस्तकः शिक्षकले टोलमै पढाउने

स्याङ्जा, २४ जेठ-स्याङ्जाको भिरकोट नगरपालिकाले विद्यार्थीको घरघरमै पुगेर पुस्तक उपलब्ध गराएको छ । बन्दाबन्दीका कारण लामो समयदेखि शैक्षिक गतिविधि प्रभावित भइरहेका बेला नगरपालिकाले विद्यालयका शिक्षकमार्फत विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याएको हो । बन्दाबन्दीका कारण विद्यार्थीको शैक्षिक...

रुकुम घटनाः जनार्दन शर्माले अपराधीलाई बचाउन खोजेको भन्दै प्रतिनिधिसभामा चर्काचर्की

काठमाडौं, जेठ १३–रुकुमको घटनालाई लिएर संघीय संसदको प्रतिनिधिसभामा चर्काचर्की भएको छ । प्रतिपक्षी दलले संसद बैठक अवरुद्ध गरेपछि बोल्ने क्रममा सत्ता पक्ष सांसदले वडा अध्यक्षको बचाउ गरेपछि प्रतिपक्षी सांसदले विरोध जनाएका थिए । सत्तारुढ नेपाल...

त्रिविको स्थगित परीक्षा साउनबाट, परीक्षा फाराम अनलाइनबाट

काठमाडौं, असार ९ । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा...

विद्युत् प्राधिकरणमा चोरको आतंक, ट्रान्सफर्मरदेखि अर्थिङ तारसम्म चोरी

विराटनगर । मोरङको सुन्दरहरैंचामा विद्युत् ट्रान्सफर्मर चोरीको घटना सामाजिक सञ्जालमा ट्रोलको विषय बनेको छ । गत बुधबार राति चोरको समूहले सुन्दरहरैंचा जोगियारेस्थित ट्रान्सफर्मर नै चोरेर लगेपछि यो घटना सार्वजनिक चासोमा आएको हो ।प्रहरीका अनुसार चोरले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्