विराटनगरमा तस्करीको मटर, गोदाम छापा हानेर १२ सय केजी बरामद

 न्यूज विराट
विराटनगरमा तस्करीको मटर, गोदाम छापा हानेर १२ सय केजी बरामद

विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै विराटनगरमा तस्करीको मटर भण्डारण गर्ने र पूर्वी सहरमा पढाउने गरेको पाइएको छ । क्यारिङ मार्फत तस्करीको मटर विराटनगरमा भण्डारण गरेर पूर्वी सहरमा पढाउने गरेको पाइएको हो ।

सशस्त्र प्रहरी बल मोरङले छापा हानेर विराटनगरबाट ठुलो परिमाणमा तस्करीको मटर बरामद गरेपछि यस्तो तथ्य बाहिर आएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रानी विराटनगरले १२ सय ७५ केजी तस्करीको मटर विराटनगर ९ ठाकुरवारीबाट बरामद गरेको छ । बरामद गरेको मटर विराटनगरका किराना पसलका होलसेल व्यापारी उमाकान्त भगतको रहेको प्रहरीले जनाएको छ । विराटनगरमा भगतको ठुलो खाद्यन्यको होलसेल पसल रहेको छ । उनले क्यारिङ मार्फत तस्करी गरी मटर भण्डान गर्ने र विराटनगरसहित पूर्वी सहरमा पढाउने गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरेको मटर सशस्त्र प्रहरी विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ । बरामद गरेको मटर ५७ हजार ३७५ मुल्य बरावरको रहेको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार

दुहबी सबस्टेशन पुनःसञ्चालनमा

काठमाडौँ, ४ कात्तिक-अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेशन ३८ घण्टापछि पुनः सञ्चालनमा आएको छ । डुबानका कारण मङ्गलबार रातिदेखि बन्द भएको दुहबी सबस्टेशन पानी फालेर आज बिहानदेखि सञ्चालनमा ल्याइएको हो ।...

व्यवसाय प्रबर्द्धनमा महिला उद्यमीको जोड

विराटनगर । महिला उद्यमीहरूले आफूहरूको व्यवसाय प्रबर्द्धनका लागि सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौती सम्बन्धी...

जानकी मन्दिरमा दर्शनार्थीलाई प्रवेश रोक

कोरोना भाइरसका कारण जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरको द्वार सर्वसाधारणका लागि बन्द गरिएको छ । मन्दिरमा पूजा हुन्छ तर सर्वसाधारणको प्रवेश रोकिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । दर्शनार्थीको सुरक्षाका लागि...

राहत वितरणमा भइरहेका भिड हटाउन मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, चैत २८–प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखहरुलाई स्थानीय तहसंग समन्वय गरेर राहत वितरणमा भइरहेको भिड हटाउन निर्देशन दिएका छन् । शुक्रबार बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले प्रदेशका...

मालदिभ्समा कोभिड– १९ का सङ्क्रमित बढ्दै

एजेन्सी, ८ भदौ-दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड– १९ का सङ्क्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा त्यहाँ सङ्क्रमितहरूको संख्या ६ हजार नाघेको छ । दक्षिण एसियाको...

विद्युत् प्राधिकरणको जिम्मा शाक्यलाई

काठमाडौं, २४ कात्तिक-नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । अर्को व्यवस्था नभएसम्मका लागि ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो।  प्राधिकरणमा वरिष्ठ शाक्यलाई पन्छाएर लेखनाथ...

निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र दुवैलाई बोलाउने

निर्वाचन आयोगले नेकपा (एमाले) र माओवादी केन्द्रलाई पत्र पठाउने तयारी गरेको छ । सर्वाेच्च अदालतले नेकपा नामसम्बन्धी विवादको छिनोफानो गर्दै तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो । आयोगले दुई पार्टी एकीकृत भई बनेको नेपाल...

विद्यालयका क्वारेन्टाइन हटाउने निर्णय

विराटनगर, १५ असोज–मोरङका शैक्षिक संस्थामा रहेका रहेका क्वारेन्टाइनहरुलाई तत्काल हटाइने भएको छ । जिल्ला कोरोना संक्रमण व्यवस्था समितिको बैठकले क्वारेन्टाइन सञ्चालन भइरहेका सबै स्थानीय तहहरूलाई शैक्षिक संस्थाबाहेक अन्य स्थानमा क्वारेन्टाइन सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्