निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र दुवैलाई बोलाउने - News Birat

निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र दुवैलाई बोलाउने

न्यूज विराट

निर्वाचन आयोगले नेकपा (एमाले) र माओवादी केन्द्रलाई पत्र पठाउने तयारी गरेको छ । सर्वाेच्च अदालतले नेकपा नामसम्बन्धी विवादको छिनोफानो गर्दै तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो ।

आयोगले दुई पार्टी एकीकृत भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गरेकामा त्यसलाई खारेज गरिदिएको थियो । सर्वाेच्चको फैसला आएसँगै आयोगले नाम र चुनाव चिह्न लिनका लागि सम्पर्कमा आउन दुवै दललाई पत्राचार गर्न लागेको हो ।

अहिले निर्वाचन आयोगमा बैठक जारी रहेको र बैठकको निर्णयअनुसार पत्राचार गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles