राहत वितरणमा भइरहेका भिड हटाउन मुख्यमन्त्री राईको निर्देशन

 न्यूज विराट
राहत वितरणमा भइरहेका भिड हटाउन मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, चैत २८–प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखहरुलाई स्थानीय तहसंग समन्वय गरेर राहत वितरणमा भइरहेको भिड हटाउन निर्देशन दिएका छन् । शुक्रबार बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले प्रदेशका सुरक्षा प्रमुखहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

अहिले स्थानीय तहले वितरण गरिरहेको राहत लिनेको घुइचो बढ्दा कोरोना भाइरसको संक्रमण भइहाले अवस्था भयावह हुने भन्दै मुख्यमन्त्री राईले स्थानीय तहहरुले डेलिभरी भ्यानको व्यवस्था गरेर घर घरमै पुगेर राहत वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने बताए ।

विशेष गरी तराईका जिल्ला र शहरी क्षेत्रमा यो समस्या रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधीहरुसंग समन्वय गरेर व्यवस्थापन गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिइए । त्यस्तै मानिसलाई आवत जावत गर्ने पास वितरणमा समेत कडाइ गर्न र अन्य प्रदेशमा जानैपर्ने र अन्य प्रदेशबाट यहाँ ल्याउनै पर्नेको विवरण तयार गर्न निर्देशन समेत दिएका छन् ।

संक्रमण भित्रन नदिन भारतीय सीमामा कडाइ गर्नुको विकल्प नरहेको बताउँदै मुख्यमन्त्री राइले नयाँ योजनाका साथमा सीमा नाकाहरुमा कडाइ गरिने बताए । उनले यसका लागि तयारी गर्न समेत सबै सुरक्षा निकायलाई निर्देशन दिए ।

मुख्यमन्त्री राईले प्रदेश नं. १ लाई सुरक्षित राख्न प्रदेशका सबै निकायले आफ्नो ठाउँमा स्रोत र साधनको अधिकतम सदुयोग गर्नुपर्ने बताए । शुक्रबारदेखि प्रदेशले ¥यापिड टेस्ट सुरु गरेकाले क्वारेन्टाइनमा बसेका सबैको टेस्ट गरिने र स्वाव परीक्षण कोशी अस्पतालबाटै दैनिक एक सयवटा टेस्ट गरिने भएकाले अव क्वारेन्टाइनमा रहनेहरुको व्यवस्थापनमा पनि सहज हुने बताए ।

प्रदेशका २० देखि ३० हजारको ¥यापिड टेस्ट र एक हजार बढीको स्वावको चाडै परीक्षण गर्ने बताउँदै मुख्यमन्त्री राईले सम्भावित चुनौती र समस्याको समाधानका लागि योजना बन्दै गरेको बताए ।

बैठकमा चारवटै सुरक्षा निकायका प्रदेश प्रमुख साथै झापा, मोरङ, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारीले प्रदेश र आफ्नो आफ्नो जिल्लाको लकडाउनको प्रभाव, सुरक्षा, आपूर्ती व्यवस्था, राहात वितरण लागायतको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

अमेरिकाले पठाएको कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं, २८ असार । अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आज काठमाडौं आइपुगेको छ । खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।...

तोरेन्द्रमान सिंह प्रधानको स्मृतिग्रन्थको लोकार्पण

विराटनगर । वरिष्ठ सामाजिक अभियान्ता एवं स्वन्त्र सेनानी तोरेन्द्रमान सिंह प्रधानको स्मृतिग्रन्थको लोकार्पण भएको छ । तोरेन्द्रमान सिंह फाउण्डेसनले विराटनगरमा एक कार्यक्रम आयोजना गरी प्रधानको स्मृतिग्रन्थको लोकार्पण गरिएको हो । कार्यक्रमको प्रमुख अतिथी कोशी प्रदेश...

राष्ट्रियसभाको निर्वाचन, कोशी प्रदेशमा मतदान सुरु

विराटनगर । राष्ट्रियसभामा १९ जनाको पदावधि आगामी फागुन २० गते सकिँदै छ । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार आज निर्वाचन हुन लागेको छ ।...

खेलकुद क्षेत्रको विकासमा जोड

विराटनगर । खेलकुद क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने सरोकारवाहरुले बताएका छन् । नेपाल तेक्वान्दो संघ मोरङ शनिबार सम्पन्न भएको साधारणसभामा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् । नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले प्रयाप्त मात्रमा...

साह कांग्रेस प्रदेशको आमन्त्रित सदस्यमा मनोनित

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको आमन्त्रित प्रदेश सदस्यमा अमरेन्द्र कुमार साह मनोनीत भएका छन् । मोरङको सुनवर्षी निवासी साह संग मोरङको निर्वाचन क्षेत्रनम्बर २ का उम्मेदवार सुजाता कोईरलाले निर्वाचनको बेला गरेको सहमति अनुसार साहलाई...

मन्त्री घिमिरेद्धारा योजना अनुगमनलाई निरन्तरता

विराटनगर, १० साउन–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले योजना अनुगमनलाई निरन्तरता दिएका छन् । उनले पहिलो चरणमा आफ्नो निर्वाचन क्षेत्र मोरङ ४ (ख) अन्र्तगतका योजनाहरुको अनुगमन गर्दै आएका छन् । आर्थिक वर्ष २०७६/०७७...

जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल

विराटनगर, ५ कात्तिक–प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल गरिएको छ । शृखंला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरु योजनाबारे आज सरोकारवालासँग अनलाईन छलफल गरिएको हो ।...

निषेधाज्ञाको अवधिमा कर नतिर्नेलाई जरिवाना नगर्न सर्वोच्चको आदेश

काठमाडौं, असार १ निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगर्नेर्लाइ जरिवाना असुल नगर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । बन्दाबन्दी पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्