विद्यालयका क्वारेन्टाइन हटाउने निर्णय - News Birat

विद्यालयका क्वारेन्टाइन हटाउने निर्णय

न्यूज विराट

विराटनगर, १५ असोज–मोरङका शैक्षिक संस्थामा रहेका रहेका क्वारेन्टाइनहरुलाई तत्काल हटाइने भएको छ । जिल्ला कोरोना संक्रमण व्यवस्था समितिको बैठकले क्वारेन्टाइन सञ्चालन भइरहेका सबै स्थानीय तहहरूलाई शैक्षिक संस्थाबाहेक अन्य स्थानमा क्वारेन्टाइन सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

विद्यालयहरूले विभिन्न माध्यमबाट विस्तारै अध्ययन अध्यापन कार्य सुरू गर्न लागेको भन्दै शैक्षिक संस्थामा सञ्चालित क्वारेन्टाइनलाई हटाएर डिस्इन्फेक्सन गर्न भनिएको छ । समितिले विद्यालय संचालनका लागि तयार गर्न सबै स्थानीय तहलाई पत्रचार गर्ने निर्णय गरेको छ ।

बैठकले विराटनगर महानगरपालिका–१३ स्थित डीएभी स्कुल र विराटनगर ७ स्थित आदर्श माध्यमिक विद्यालयमा रहेको होल्डिङ एरियालाई पनि हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles