एमाले र राप्रपाले बहिष्कार गरेपछि कोशी प्रदेशसभा बैठक स्थगित

 न्यूज विराट
एमाले र राप्रपाले बहिष्कार गरेपछि कोशी प्रदेशसभा बैठक स्थगित

विराटनगर । नेकपा एमाले र राप्रपाको कोशी प्रदेशसभाको आजको बैठक बहिष्कार गरेपछि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध गरेपछि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको हो ।

बुधबार बसेको बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै बहिष्कार गरे । मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाका अध्यक्षले अधिकारको दुरुपयोग गरेको भन्दै उनीहरूले विरोध जनाएका छन् । आजको बैठकको अध्यक्षता पनि सहभागीमध्येका ज्येष्ठ सदस्य कांग्रेसका इसराइल मन्सुरीले गरेका छन् ।

त्यसक्रममा प्रदेशसभामा बोल्दै एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धव थापालाई संविधान विपरीत विश्वासको दिएको भन्दै विरोध जनाएका थिए । उनले सभाध्यक्षले अरु पनि गैर संवैधानिक कार्य गर्न सक्ने देखिएको भन्दै नाराबाजी सुरु गरेका थिए ।

त्यसपछि एमाले र राप्रपाका सबै सांसदहरू बैठक छोडेर हिँडेपछि प्रदेशसभा बैठक स्थगित भएको हो ।

आजको प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रस्ताव टेबल गर्ने कार्यसूची थियो ।

सम्बन्धित समाचार

विपन्नलाई भोजनको व्यवस्था गर्न उच्च अदालत विराटनगरको आदेश

विराटनगर, ९ जेठ । उच्च अदालत विराटनगरले सवै विपन्न नागरिकलाई भोजनको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता पेशलकुमार न्यौपानेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रेमराज ढकालको इजलासले आइतबार विपन्न...

पछिल्लो २४ घण्टामा देशभर १२७ संक्रमित थपिए

विराटनगर, ३० माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा १२७ जनामा...

गउँसभाबाट फर्किंदै गर्दा चिचिला गाउँपालिकाका वडाध्यक्षमाथि ढुंगा प्रहार

संखुवासभा, ५ माघ । संखुवासभाको चिचिला गाउँपालिका- २ का वडाध्यक्षमाथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको छ । मंगलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक...

स्वास्थ्यकर्मीको हौसलाका लागि दीप प्रज्वलन

काठमाडौं, २५ वैशाख-कोरोना भाइरस (कोभिड १९) रोकथामको अग्रभागमा खटिएकाहरुको हौसलाका लागि स्वास्थ्य सेवा विभागले दीप प्रज्वलन गरेको छ । बिहीबार साँझ बुद्ध जयन्तीको अवसरमा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको उपस्थितिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको हौसलाका लागि दीप प्रज्वलन...

जेटियुसीसीको सुनसरी – मोरङका औद्योगिक करिडोरमा निरीक्षण : अधिकांश प्रतिष्ठानमा कार्यान्वयन भएन न्यूनतम पारिश्रमिक

विराटनगर । सुनसरी – मोरङका औद्योगिक करिडोर भित्र रहेका उद्योग प्रतिष्ठानहरूले सरकारले तोकेको न्युनतम पारिश्रमिक र श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू नगरिएको पाइएको छ ।संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) सुनसरी – मोरङका...

गृष्म श्रेष्ठ भए विराट एक्स्पो सिङ्गिङ आइड

विराटनगर । ‘विराट सिङ्गिङ अइडल’को उपाधि गृष्म श्रेष्ठले जितेका छन् । १ सय ५० जना प्रतिस्पर्धीलाई पन्छाउँदै श्रेष्ठले विराट सिङ्गिङ अइडल’को उपाधि जितेका हुन् । बुधबार सम्पन्न भएको आइडलको फाइनल राउण्डमा ६ जना प्रतिस्पर्धी छनोट...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १० संक्रमितको मृत्यु

विराटनगर, २९ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाईरसको संक्रमणबाट १० जनाको मृत्यु भएको छ । झापामा ५ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र चार पुरुष रहेका छन् । त्यस्तै...

प्रदेश १ एमाले संसदीय दलको बैठक : ३२ सांसद उपस्थित, माओवादीका आङ्बुहाङ पनि सहभागी

विराटनगर, ११ चैत । विभिन्न तीनवटा निर्णय गर्दै प्रदेश १ को नेकपा (एमाले) संसदीय दलको बैठक सकिएको छ । प्रदेशसभास्थित संसदीय दलको कार्यालयमा बुधबार दलका नेता एवं प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बैठक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्