गउँसभाबाट फर्किंदै गर्दा चिचिला गाउँपालिकाका वडाध्यक्षमाथि ढुंगा प्रहार

 न्यूज विराट
गउँसभाबाट फर्किंदै गर्दा चिचिला गाउँपालिकाका वडाध्यक्षमाथि ढुंगा प्रहार

संखुवासभा, ५ माघ । संखुवासभाको चिचिला गाउँपालिका- २ का वडाध्यक्षमाथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको छ ।

मंगलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

गाउँपालिकाको हिउँदे सभामा सहभागी भएर घर फर्किने क्रममा वडा नम्बर २ को ६ टर्निङ भन्ने ठाउँमा पुगेपछि आफूमाथि ढुंगा प्रहार भएको राईले बताए । ढुंगा प्रहारबाट राई सामान्य घाइते भएका छन् । ढुंगा प्रहारबाट ढाड, हातमा चोट लागेको उनले बताए ।

ढुंगा प्रहारबाट आफूले प्रयोग गर्ने बा १ व १४५३ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको राईले बताए । गाउँपालिकाबाट मोटरसाइकलमा घर फर्किने क्रममा उनीमाथि ढुंगा प्रहार भएको थियो । वडाध्यक्ष राईमाथि ढुंगा प्रहार गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

चिचिला गाउँपालिकाले राईमाथि ढुंगा प्रहार गरिएको घटनाको भर्त्सना गरेको छ । मंगलबार साँझ भएको घटनाको विरोध गर्दै विज्ञप्तिमार्फत गाउँपालिकाले घोर भर्त्सना गरेको हो । गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा संलग्न जो कोही भए पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइने बताइएको छ ।

लोकतान्त्रिक शासन पद्धतिमा नागरिकको माग लोकतान्त्रिक ढंगले सम्बोधन गर्ने व्यवस्था हुँदा हुँदै पनि जिम्मेवार व्यक्तिमाथि सांघातिक आक्रमण हुनु निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दिपेश कँडेल विराटनगरमा सम्मानित

विराटनगर । राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् । नेपाल खेलकुद महासंघ मोरङले सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई जनही नगद २५ हजार रुपैयाँसहित सम्मान...

संविधानको रक्षा र सफल कार्यान्वयनमा निष्ठापूर्वक लाग्नेछु : राष्ट्रपति पौडेल

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै आँच आउन नदिनुका साथै आफूलाई तागत रहुञ्जेल संविधानले दिएको भूमिका निष्ठापूर्वक निर्वाह गर्ने बताएका छन् ।नेपाल उद्योग परीसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई...

यूएईद्वारा नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला

काठमाडौं, ८ असोज । यूएईले नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला गरेको छ । कोरोना महामारीका कारण नेपालसहित भारत, पाकिस्तान, सियरा, लाइबेरिया, नामिबिया, नाइजेरिया, लियोन, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, कंगो, युगान्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई...

मोरङ कारागारमा देवीको मन्दिर बन्दै

विराटनगर । विराटनगरस्थित मोरङ कारागार भित्र देवीको मन्दिर बन्ने भएको छ । कारागारभित्र महिलातर्फको ब्लकभित्र देवीको मन्दिर बन्ने भएको हो । नयाँ बन्ने मन्दिरको शिलान्यास शुक्रवार भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल,...

गण्डकी प्रदेशमा थप २ जना कोरोना पुष्टि, संक्रमितको सख्या ५६ पुग्यो

पोखरा, २३ जेठ-गण्डकी प्रदेशमा थप २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । तनहुँको ऋषिङ गाउँपालिका घर भएर सोही पालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना पोजिटिभ देखिएको हो । ३९ र ४० वर्षका २ जना...

ओली-प्रचण्ड संयुक्त विज्ञप्ति : भारतले नेपालको सार्वभौमसत्ताको अवमूल्यन गरेको निचोड

काठमाडौं, २७ वैशाख-सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको सार्वभौमसत्ताको अवमूल्यन गरेको जनाएका छन् । शनिबार अवेर विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् । नेपालको भूमि लिपुलेकमा बनाइएको सडक भारतीय...

सुनसरीको दुहवीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

विराटनगर, २३ वैशाख ।चुनावी प्रचारप्रसारका क्रममा सुनसरीको दुहवीमा डिजे बजाएको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच झडप भएको छ । शुक्रबार चुनावी प्रचार प्रसारका क्रममा ठूलो आवाजमा डिजे बजाएको विषयलाई लिएर विवाद...

विराटनगर आएर ओलीले भने–कसैलाई प्रधानमन्त्रीको अफर गरेका छैनौँः ओली

विराटनगर, २७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले मुलुकमा आफ्नो पार्टी मात्र बाममन्थी पार्टी भएको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले एमाले मात्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्