स्वास्थ्यकर्मीको हौसलाका लागि दीप प्रज्वलन

 न्यूज विराट
स्वास्थ्यकर्मीको हौसलाका लागि दीप प्रज्वलन

काठमाडौं, २५ वैशाख-कोरोना भाइरस (कोभिड १९) रोकथामको अग्रभागमा खटिएकाहरुको हौसलाका लागि स्वास्थ्य सेवा विभागले दीप प्रज्वलन गरेको छ ।
बिहीबार साँझ बुद्ध जयन्तीको अवसरमा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको उपस्थितिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको हौसलाका लागि दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा विभागका महानिर्देशक श्रेष्ठले स्वास्थ्यकर्मीको हौसलाका लागि दीप प्रज्वलन गरीएको र आफूहरु निरन्तरण कोभिड १९ रोकथाममा खटिएको बताए ।

‘आज बुद्ध जयन्ती पनि हो । अहिले स्वास्थ्यकर्मीहरु कोरोना संक्रमितको उपचारका र रोकथाममा खटिनुभएको छ,’ उनले भने, ‘उहाँरुको हौसलाका लागि विभागले पनि दीप प्रज्वलन गरेको हो ।’

सो अवसरमा व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झा, सेवा महाशाखाका प्रमुख डा. तारानाथ पोख्रेल, स्वास्थ्य सेवा विभागका निरीक्षक मदनकुमार वली लगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार

२४ घण्टामा कोरोना संक्रमणबाट ४ महिला र २ पुरुषको निधन

काठमाडौं, १८ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप ६ व्यक्तिको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । निधन हुनेमा महिला ४ जना छन् भने पुरुष २ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...

विराटनगरका १० स्वास्थ्यकर्मीसहित १६ जनामा कोरोना संक्रमण 

विराटनगर, १३ साउन-विराटनगरमा मंगलबार १० जना स्वास्थ्यकर्मीसहित १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिएका १६ जना मध्ये १० जना कोसी अस्पताल र विराट नर्सिङ होमका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु हुन् ।  कोसी...

जनकपुरमा पनि कोरोना परिक्षण मेसिन जडान

जनकपुरधाममा पनि अब कोरोना भाइरस (कोभिड–१९) को परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा प्रोटेबल पीसीआर मेसिनको जडान गरिएसँगै यहाँ पनि कोरोना परीक्षण सुरु भएको हो ।प्रदेश–२ मा पनि जनकपुरधाममा कोरोना परीक्षण मेसिन उपलब्ध...

शनिबार ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ साउन-नेपालमा शनिबार मात्रै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धी नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशका विभिन्न ठाउँमा गरिएको पीसीआर परीक्षणका क्रममा ५७ जनामा मात्रै कोरोना...

थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटी भङ्ग, ३३ सदस्यीय तदर्थ समिति गठन

काठमाडौं, १३ साउन-सरकारले आर्थिक अनियमितता र निर्धारित समयमा अधिवेशन नगरेको सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीलाई भङ्ग गरी ३३ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावअनुसार सोमबार...

मोरङमा थप १ कोरोना संक्रमितको मृत्यु

विराटनगर, साउन २८-मोरङका थप १ जनाको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङका ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो...

स्वास्थ्य सामग्री खरिद प्रकरण : लेखा समितिले स्वास्थ्यमन्त्रीलाई बोलाउने

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्