पछिल्लो २४ घण्टामा देशभर १२७ संक्रमित थपिए - News Birat

पछिल्लो २४ घण्टामा देशभर १२७ संक्रमित थपिए

न्यूज विराट

विराटनगर, ३० माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार जनाको पीसीआर परीक्षण गर्दा २७ जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १३६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles