पछिल्लो २४ घण्टामा प्रदेश १ मा १० संक्रमितको मृत्यु - News Birat

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १० संक्रमितको मृत्यु

न्यूज विराट

विराटनगर, २९ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाईरसको संक्रमणबाट १० जनाको मृत्यु भएको छ । झापामा ५ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र चार पुरुष रहेका छन् ।

त्यस्तै मोरङमा दुई पुरुष, सुनसरीमा एक महिला एक पुरुष र धनकुटाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७० पुगेको छ । जसमध्ये २३ जना प्रदेश १ बाहिरका रहेको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles