विराटनगर । ‘विराट सिङ्गिङ अइडल’को उपाधि गृष्म श्रेष्ठले जितेका छन् । १ सय ५० जना प्रतिस्पर्धीलाई पन्छाउँदै श्रेष्ठले विराट सिङ्गिङ अइडल’को उपाधि जितेका हुन् ।
बुधबार सम्पन्न भएको आइडलको फाइनल राउण्डमा ६ जना प्रतिस्पर्धी छनोट भएका थिए । छनोट भएका ६ जनामा महिलाको सहभागिता नभएपछि महिलाहरुमध्ये अन्तिम समयसम्म आएकी नेहा खड्कालाई सहभागी गराइएको थियो । सिङ्गिङ आइडलको फष्ट रनरअप फुर्व तामाङ र सेकेण्ड रनरअप रमननाथ अधिकारी भएका छन् भने नितेश आले मगर, रोहन तिम्सिना र अभिषेक काफ्लेले कुनै उपाधि जित्न सकेनन् ।
विजताहरुले क्रमशः ५१ हजार, ३१ हजार र १५ हजार रुपैयाँका साथै विभिन्न गिफ्टह्यापर प्राप्त गरेको छन् । सिङ्गिङ आइडलको फाइनल राउण्डको निर्णायक टोलीमा गायिका इन्दिरा जोशी, सुमित खड्का र सुमन श्रेष्ठ रहेका थिए । दैनिक विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहँदै आएको छ । साँगीतिक साँझमा सबै उमेर समूहको बाक्लो उपस्थिति हुने गरेको छ । शुक्रबार नेपालको चर्चित ब्याण्ड ‘दि एलिमेन्टस ब्याण्ड’को प्रस्तुति रहने छ । शनिबार आशिष लामा (लाहुरे)को प्रस्तुति रहने आयोजक उद्योग संगठन मोरङले जनाएको छ । एक्स्पोमा नेपाल भारतका अवलोकनकर्ताहरुको बाक्लो उपस्थिति रहँदै आएको छ । एक्स्पो अवलोकन गर्न आउनेहरुका लागि खाद्यान्न, प्लाष्टिक, सवारीसाधनलगायतमा छुटको व्यवस्था गरिएका कारण समय थपिँदासमेत धेरै जना आएको आयोजकले जनाएकोछ छ । यसैबीच पुस १० सम्म आयोजना हुने एक्पोमा अवलोकनकर्ताहरुको सहजताका लागि दुहबी, निमुवा, कञ्चनबारी हुँदै एक्स्पो स्थल, पुष्पलाल चोक, तीनपैनी, मेनरोड हुँदै एस्क्पो स्थल, कटहरी, देवकोटा चोक हुँदै एक्स्पो स्थल तथा जोगबनीबाट एक्स्पो स्थलसम्म आउन जानका लागि सटल (निःशुल्क)बसको व्यवस्था गरिएको छ ।
विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...
विराटनगर । विराटनगर – १३ मा रहेको डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू भएको छ । स्कुल परिसरभित्र स्पोर्ट्स मिट सुरू भएको हो ।आइतबारसम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू रहेको डिएभी स्कुलका प्रिन्सिपल...
विराटनगर । विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू भएको छ । प्रदेश नं. १ आइटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा बिहीबारदेखि ग्रेडिङ परीक्षा सुरु भएको हो । तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपटी तेस्रो...
विराटनगर । विराटनगर विमानस्थलले हवाई यात्रुको सुविधा अभिवृद्धि गर्ने योजना अनुरुप आजदेखि आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली( व्यागेज ह्याण्डलिङ्ग सिस्टम) सञ्चालनमा ल्याएको छ । मोफसलका विमानस्थलमा पहिलो पटके उक्त्त जडान गरिएको र यसको लागत दुई...
पत्रकारिताको नयाँ आयामको रुपमा न्युजबिराट डट कम उपस्थित भएको छ । जनताको सूचनाको हक स्थापित गर्ने र आवाजविहिनहरुको आवाज बलियो बनाउने उद्देश्यसहित हामी आएका हौं । सत्य र न्यायप्रतिको पक्षधरतासहितको स्वतन्त्र प्रत्रकारिता हाम्रो मिसन हो ।