कोशी प्रदेश : भागबन्डा मिलाउन मुख्यमन्त्रीको शपथग्रहण सर्यो, आज पाँच बजे गर्ने तयारी

 न्यूज विराट
कोशी प्रदेश : भागबन्डा मिलाउन मुख्यमन्त्रीको शपथग्रहण सर्यो, आज पाँच बजे गर्ने तयारी

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण सत्ता गठबन्धनदल भित्र भागबन्डा मिलाउनको लागि सारिएको छ । यसअघि आज १० बजे हुने भनिएको शपथग्रहण कार्यक्रम आज साझ ५ बजेसम्का लागि सारिएको हो ।

थापालाई मुख्यमन्त्री नियुक्त गरेपछि प्रदेश प्रमुखको कार्यालयमा आज बिहान साढे १० बजे शसपथग्रहण गर्ने तयारी थियो । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले पनि तयारी गरेको थियो । मुख्यमन्त्री थापाले साझ ५ बजेसम्मका लागि शपथ सारेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धनमा भागबन्डा मिलाउनका लागि उनले बिहानको शपथग्रहण बेलुकाका लागि सारेका हुन् ।

नेपाली कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले मन्त्रालयको बाँडफाट टुङ्गो लगाएर शपथग्रहण गर्ने तयारी भएकाले समय सारिएको बताए । थापासँगै आजै गठबन्धन दलहरुबाट एक–एक जना मन्त्रीलाई शपथग्रहण गराउने तयारी छ । ‘अस्ति विनाविभागीय मन्त्री नियुक्त गरिएको थियो, अहिले मन्त्रालय तोकेरै जाउ भन्ने तयारी छ,’ प्रमुख सचेतक राईले भने ।

सत्ता गठबन्धन दल कांग्रेस र माओवादी भित्र पनि कसलाई सरकारमा लैजाने भन्ने विवाद छ । जसका कारण उनले शपथग्रहणको समय सारेका हुन् । माओवादीमा भने कसलाई मन्त्री बनाएर पठाउने भन्ने विवाद भएको छ । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने सहमति भएको थियो । तर, अन्तिम समयमा जीवन आचार्यले पनि मन्त्री दाबी गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले शपथग्रहण साझ ५ बजेसम्का लागि सरेको बताए । प्राविधिक कारणबस शपथग्रहण सारिएको जानकारी आएको उनले बताए ।

अचानक शपथग्रहण कार्यक्रम स्थगित भएपछि शपथ लिन ठिक्क परेकाहरू फर्किएका छन् । नयाँ मन्त्रीको सूचीमा रहेका नेकपा एसका कमल जबेगु पनि फर्किए ।

सम्बन्धित समाचार

प्रेस पास नवीकरण अब जिल्ला हुलाकबाटै

देशभर कार्यरत सञ्चारकर्मीको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयबाटै हुने भएको छ । केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो...

विराटनगरका क्लिनिकको ठगीधन्दा : चर्चित चिकित्सकको नाम बेच्दै बिरामी ठग्दैं

विराटनगर । खोटाङको दिक्तेल नगरपालिका–२ घर भएकी ३६ वर्षीया धनकुमारी श्रेष्ठको टाउकोमा समस्या भएपछि उपचारको लागि विराटनगर आइन् । मंगलबार दिउँसो विराटनगर आएकी उनले यसअघि पनि विराटनगरस्थित न्यूरो हस्पिटलको वरिष्ठ न्यूरो सर्जन डा यामबहादुर रोकासँग...

मोरङ भयो महिला क्रिकेट कपको समुह विजेता

विराटनगर । दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिताको बिहिबारको तेस्रोे दिनको खेलमा विजयी हुँदै मोरङ समुह विजेता भएको छ । आज भएको लिगको अन्तिम खेलमा मोरङले सिरहालाई १० विकेटले पराजित गरी लिगको तीनै खेलमा जित...

प्रचण्ड-नेपाल समूहले जलाएका ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रचण्ड-नेपाल समूहको आन्दोलनका क्रममा जलाइएका ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन् । शुक्रबार नारयणहिटी परिसरअगाडि आयोजित सभालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले भने, ' हिजो एउटा गरिबको ट्याक्सी उहाँहरूले जलाउनुभएको छ...

कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु

विराटनगर, २१ वैशाख । कोरोना संक्रमणबाट चार दिनको फरकमा विराटनगर महानगरपालिकामा कार्यरत दुईजना कर्मचारीको मृत्यु भएको छ । नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको मृत्यु भएको चार दिन नबित्दै संक्रमणबाट अर्का कर्मचारीको पनि मृत्यु भएको हो...

१५ माघसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

काठमाडौं, २५ पुस । कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । कोरोनाको संक्रमण रोकथामका लागि भन्दै सीसीएमसीले विद्यालय बन्द गर्ने सिफारिस गरेको हो ।...

भोलिसम्म प्रधानन्यायाधीशको राजीनामा नआए थप आन्दोलन गर्छौं:बार एसोसिएसन

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए थप आन्दोलन गर्ने चेतावनी दिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलि (शुक्रबार) सम्म प्रधानन्यायाधीश जबराले राजीनामा नदिए थप आन्दोलन गर्ने चेतावनी...

प्रदेश १ मा आज भीषण वर्षाको सम्भावना

विराटनगर, ३ असार । प्रदेश १ सहित मुलुकका चारवटा प्रदेशमा आज भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा अत्याधिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्