
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रचण्ड-नेपाल समूहको आन्दोलनका क्रममा जलाइएका ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन् ।
शुक्रबार नारयणहिटी परिसरअगाडि आयोजित सभालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले भने, ‘ हिजो एउटा गरिबको ट्याक्सी उहाँहरूले जलाउनुभएको छ । गल्ती उहाँहरूले गर्नुभएको छ तर क्षतिपूर्ति हामी दिन्छौँ ।’ उनले आफूहरूको सभा रोक्न प्रचण्ड-माधव नेपाल समूहले बाटोमा खाल्डो खन्ने र कतिपय ठाउँमा बम राख्ने काम गरेको पनि आरोप लगाए ।