प्रदेश १ मा आज भीषण वर्षाको सम्भावना

 न्यूज विराट
प्रदेश १ मा आज भीषण वर्षाको सम्भावना

विराटनगर, ३ असार । प्रदेश १ सहित मुलुकका चारवटा प्रदेशमा आज भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा अत्याधिक वर्षा हुने सम्भावना छ ।

मुलुकका अरु स्थानमा भने सामान्य वर्षाको सम्भावना रहेको बताइएको छ । वर्षा जारी रहेका कारण मुलुकका विभिन्न स्थानमा रहेका नदीमा बाढी आउने खतरा रहेकोले नदी तथा खोला आसपासका बासिन्दालाई सुरक्षित एवं सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

सुनकोसी, राप्ती, तिनाउ, बबई लगायतका नदीमा बाढीको जोखिम रहेको हो । केही नदीको बहाव खतराको सङ्केतसम्म पुगेको छ । गण्डकी र लुम्बिनी प्रदेशका नदीहरुमा पनि बाढी आउने सम्भावना रहेको जनाइएको छ ।

नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदी तथा कन्काई, कमला, वाग्मती, कोसी र यसका सहायक नदीमा बाढीको जोखिम मध्यम रहेको महाशाखाको भनाइ छ । तराई तथा पहाडी क्षेत्रमा भीषण वर्षा हुने सम्भावना रहेकाले बाढी एवं डुबानको जोखिम कायमै रहेको भन्दै उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बग्ने साना नदीमा बहाव बढ्दो क्रममा रहेको छ । केहीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान महाशाखाको छ । बिहीबारको तुलनामा शुक्रबार कम जोखिम रहने अनुमान गरिएको छ।

सम्बन्धित समाचार

जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा वृक्षारोपण (फोटो फिचरसहित)

विराटनगर, १४ असार । जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा मोरङको रतुवामाई स्थित उहाँको निवास परिसरमा वृक्षारोपण गरिएको छ । जननेता भण्डारीको मोरङको रतुवामाई नगरपालिका १० स्थित निवास परिसरमा नेकपा एमाले रतुवामाई नगर कमिटीको...

पशुपालक कृषकलाई घाँसको बिऊ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक कृषकहरुलाई उन्नत जातको घाँसको बिऊ वितरण गरेको छ ।महानगरको पशुपंक्षी विकास शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले घाँसको बिऊ वितरण गर्नुभयो । विराटनगर क्षेत्रभित्रका पशुपालक...

जेभिर्यस स्कुलले मनायो वार्षिक उत्सव र अभिभावक भेला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभिर्यस बोर्डिङ स्कुलले ९ औं वार्षिक उत्सव तथा अभिभावक भेला विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सव...

स्वास्थ्य केन्द्र स्थापना

सङ्खुवासभा, १९ पुस-जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चिचिला गाउँपालिकाको आहलेमा जनताको स्वास्थ्य सेवालाई लक्षित गरी आधारभूत सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना गरिएको छ । गाउँपालिकाको आहालेमा हालै आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले एकाइ कार्यालयको...

विमानस्थलबाट सय ग्राम सुनसहित युवक पक्राउ

कुवेतबाट काठमाडाैं आएका रुपन्देहीका एक युवक त्रिभुवन विमानस्थलबाट सुनसहित पक्राउ परेका छन् । २८ वर्षका ती युवक जजिरा एयरबाट मंगलबार बिहान काठमाडाैं आएका थिए । उनकाे साथबाट एक सय ग्राम सुन बरामद भएकाे प्रहरीले जनाएकाे छ । विमानस्थल...

आज २ हजार ८ सय १७ जनामा कोरोना, मृतकको संख्या ११ सय नाघ्यो

काठमाडौं, २३ कात्तिक-गत २४ घण्टामा नेपालमा २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।  त्यस्तै, आज २...

मोरङमा चीनियाँ राष्ट्रपति सि जिनपिङबारेको पुस्तक वितरण

विराटनगर, माघ १०=मोरङका विभिन्न स्थानमा चीनका राष्ट्रपति सि जिनपिङकाबारे लेखिएको पुस्तक वितरण गरिएको छ । चीनको अर्थिक समृद्धिका लागि जिनपिङको सोच र उनले अघि सारेका योजनालगायतका विषय समेटेर प्रकाशित भएको पुस्तक जिल्लाका विभिन्न स्थानीय तह,...

रोटरीद्धारा जेष्ठनागरिकहरुलाई खाद्यान्न र लत्ताकपडा वितरण

विराटनगर, १७ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले जेष्ठ नागरिकहरुका लागि खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ । विराटनगर आशोक चोक स्थित विराटेश्वर बृद्धाश्रममा आश्रित ६० जना जेष्ठ नागरिकहरुका लागि खाद्यान्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्