राशिफल

१५ माघसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

 न्यूज विराट
१५ माघसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

काठमाडौं, २५ पुस । कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । कोरोनाको संक्रमण रोकथामका लागि भन्दै सीसीएमसीले विद्यालय बन्द गर्ने सिफारिस गरेको हो ।

आइतबार बसेको सीसीएमसीको बैठकले विद्यालय बन्दको निर्णय गर्न सरकारलाई सिफारिस गरेको हो । त्यस्तै गृह मन्त्रालयलाई २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने व्यवस्थाका लागि सिफारिस गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाले विद्यालय बन्द गर्ने सिफारिस भएको जानकारी दिए ।

यसअघि राज्यमन्त्री उमेश श्रेष्ठसहित सीसीएमसीका पदाधिकारीले सरोकारवालासँग छलफल गरेका थिए । विद्यालय बन्द गरेपछि कोरोना संक्रमणको चेन ब्रेक गर्न सहयोग पुग्ने अधिकारीहरूले बताएका छन् ।

त्यस्तै संक्रमणको अवस्था हेरेर प्रमुख जिल्ला अधिकारीले स्मार्ट लकडाउन गर्न सक्ने पनि सीसीएमसीको निर्णय छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...