काँग्रेसको बलियो साथले सरकार भ्रष्टाचार विरुद्ध खरो उत्रियो : देउवा

 न्यूज विराट
काँग्रेसको बलियो साथले सरकार भ्रष्टाचार विरुद्ध खरो उत्रियो : देउवा

विराटनगर । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको बलियो साथ रहेकोले नै सरकार भ्रष्टाचार विरुद्ध खरो रुपमा उत्रिएको बताएका छन् ।

सुनसरीको इनरुवामा आज आयोजित काँग्रेसको जिल्ला सम्मेलन उद्घाटन समारोहमा बोल्दै देउवाले गठबन्धन सरकारले भ्रष्टाचारको विषयमा सशक्त काम गरिरहेकोले अझै गठबन्धन बलियो बनाएर लैजाने बताए ।

‘ललिता निवास काण्ड होस् या नक्कली भुटानी शरणार्थी काण्डको विषयमा होस् सरकार सशक्त ढंगले अगाडि बढिरहेको छ । काँग्रेसले साथ दिएकै कारण प्रचण्ड नेतृत्वको सरकार सशक्त ढंगले अगाडि बढ्न सकेको हो,’ उनले भने, ‘गठबन्धन सरकारलाई दह्रो साथ दिन काँग्रेस अगाडि बढिहरेको छ ।’

लोकतन्त्र र स्थायीत्वको लागि अझै पनि माओवादीसँग सहकार्य आवश्यक भएकोमा जोड दिँदै देउवाले संघीय व्यवस्था बलियो बनाउन गठबन्धन अग्रसर रहेको बताए । ‘अहिलेको व्यवस्थालाई बलियो बनाउ प्रचण्डजीलाई हामीले प्रधानमन्त्री मानेका छौं,’ उनले भने, ‘अहिले स्थायी शान्ति आवश्यक छ । स्थायी लोकतन्त्र आवश्यक छ । त्यसका लागि प्रचण्डजी र माओवादी प्रतिबद्ध रहनुभएकोले साथ दिएका हौं ।’

अहिले काँग्रेसभित्र एकता हुन जरुरी रहेको बताउँदै देउवाले सुदृढ र एकताबद्ध भए आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने दावी गरे । ‘पार्टीभित्र सानातिना मतभेद हुन्छन्, हाम्रोमा पनि छ र अरुतिर पनि छ’ उनले भने, ‘तर, कांग्रेसले आन्तरिक एकतालाई मजुबत बनाएर अघि बढ्नसक्नुपर्छ ।’

फरक प्रसंगमा उनले कुनै अमुक ठाउँबाट एक्कासी उदाएको राष्ट्रिष्य स्वतन्त्र पार्टी त्यस्तै तरिकाले समाप्त हुने दाबी गरे । ‘भ्रष्टाचारको विषय उठाएर उदाएको पार्टीले भ्रष्टाचारको विरुद्धमा सरकार लागिरहँदा समर्थन दिनको सट्टा समर्थन फिर्ता लिएर वार्दलीको मतियार किन बनिरहेको छ’ उनको प्रश्न थियो, ‘कस्मेटिक जस्ता देखिने पार्टीका साथीहरु यसरी नै विलिन हुनेछन् । काँग्रेस आदर्शबाट जन्मिएको पार्टी भएको कारण निरन्तर रहिरहने छ ।’

सम्मेलनमा काँग्रेसका उपसभापति भीष्मराज आङ्देम्बेले कोशीप्रदेशमाचलिरहेको आन्दोलनलाई सहमति गराएर अगाडि बढ्नुपर्ने बताएका छन् । ‘राजनीतिक सहमतिबाहेक अर्को विकल्प छैन । जुनसुकै तहबाट गरिएका आन्दोलनबाट निष्कर्ष प्राप्त हुन सक्दैन’ उनले भने, ‘कोशी प्रदेशमा काँग्रेसले नेतृत्व गरेको सरकारले फेरि पनि वार्तामार्फत नै समाधान गर्नुपर्दछ ।’

सम्बन्धित समाचार

अपाङ्गता भएका ३४ जनाले पाए ह्विल चियर

विराटनगर । मोरङ र सुनरीका ३४ जना अपाङ्गता भएका व्यक्तिहरुले ह्विल चियर पाएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा अपाङगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्र्तगत उनीहरुलाई ह्विल चियर बितरण गरिएको हो । यसरी अपाङ्गता...

मोडर्न एरा स्कुलमा स्पोर्ट्स मिट शुरु, एक दर्जन खेलमा विद्यार्थीको प्रतिस्पर्धा

विराटनगर । विराटनगर–३ मा रहेको मोडर्न एरा स्कुलमा स्पोर्ट्स मिट बुधबारदेखि शुरु भएको छ । तीन दिनसम्म हुने स्पोर्ट्स मिटमा एक दर्जन खेल समाबेस गरिएको छ ।स्र्पोटस मिटमा फिल्ड इभेन्ट्स, ट्याक इभेन्ट्स, कलास इभेन्ट्स, फुटबल,...

मोरङको रतुवामाईमा थप २५ जनामा कोरोना पुष्टि 

विराटनगर, ३२ जेठ-मोरङको रतुवामाई नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा भारतबाट आएर रतुवामाईस्थित क्वारेन्टाइनमा बसेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू रतुवामाई...

कांग्रेस संसदीय दलका उपनेता गच्छदारको सांसद पद निलम्बन

काठमाडौं, माघ २२–नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सांसद पद निलम्बन भएको छ । नेता गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता गर्न पदमा बसी भूमिका खेलेको भन्दै भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा...

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौं, २६ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित...

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : जोगवनीलाई हराउँदै एनबीएससी विराटनगर सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा विराटनगरको एनबीएससी क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ ।विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर सेमिफाइनलमा...

लकडाउन उल्लंघन गर्ने ७३६ मानिस र २३ सय सवारी साधन कारबाहीमा

विराटनगर, ८ बैशाख-लकडाउनको हालसम्मको अवधिमा मोरङमा ७ सय ३६ मानिस र २ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । लकडाउन उल्लंघन गर्दै अटेर गरी सडकमा निस्कने व्यक्ति र सवारीसाधन कारबाहीमा परेका हुन् । कोराना महामारीबाट...

मूर्तिचोरीमा सजाय भोगेका कार्चेन पर्यटनमन्त्री नियुक्त

सुर्खेत, माघ २३ । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्नुभएको छ । आज साँझ नवनियुक्त पाँच मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिनुभएको हो । शपथ लिनेहरूमा गैरसांसद तथा मूर्तिचोरीको कसुरमा जेल सजाय भोगेका छिरिङ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्