नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो - News Birat

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

न्यूज विराट
काठमाडौं, २६ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २ लाख ३ हजार ३ सय २९ पुगेको हो । त्यस्तै आज १ हजार ६ सय ६६ जना निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles