
सुर्खेत, माघ २३ । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्नुभएको छ । आज साँझ नवनियुक्त पाँच मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिनुभएको हो ।
उहाँ भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री नियुक्त हुनुभएको छ । कांग्रेसका यज्ञबहादुर बुढाक्षेत्री समाजिक विकासमन्त्री र हिमबहादुर शाही आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भई शपथ लिनुभएको छ । यस्तै माओवादीका गणेशप्रसाद सिंहले ऊर्जा तथा जलस्रोतमन्त्रीमा शपथ लिनुभएको छ ।