तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : जोगवनीलाई हराउँदै एनबीएससी विराटनगर सेमिफाइनलमा

 न्यूज विराट
तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : जोगवनीलाई हराउँदै एनबीएससी विराटनगर सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा विराटनगरको एनबीएससी क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ ।
विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर सेमिफाइनलमा पुगेको हो ।

विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २०२ रन बनाएको हो । विराटनगरका अनुभव श्रीवास्तव र राहुल चौधरीले अर्धसतक पूरा गरे । अनुभवले ४१ बलमा ६ छक्का र ६ चौका हिर्काउँदै ६६ रन बनाए । राहुलले ३१ बलमा ५ छक्का र ६ चौका हिर्काउँदै ६० रन बनाए । राहुल प्लेर अफ द म्याच घोषित भए ।

त्यसैगरी कुनल किशोरले २९ रन पारी खेल्दा रिसप रन्जनले २४ रनको योगदान दिए । जोगवनीका आशिक राजाले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट र उत्तम यादवले २ विकेट लिए ।
विराटनगरले दिएको २०३ रनको विशाल छक्ष्य पछ्याएको जोगवनीले १३.३ ओभरमा सबै विकेट गुमाइ ६९ रन मात्रै बनाउन सक्यो । जोगवनीका राजा बाबुले ९ बलमा २४ रन बनाउँदा उत्तम यादवले १७ रन जोड । जोगवनीका अन्य ब्याटमेनले दोहोरो अंक ल्याउन सकेनन् ।

विराटनगरका खेलाडी अदित्य झा र राहुलले कसिलो बलिङ गरे । अदित्यले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट र राहुलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए ।
अहिले दोस्रो क्वाटर फाइनल खेल होराइन क्रिकेट क्लब विराटनगर र पटनाबीच भइरहेको छ ।
शुक्रबार पहिलो खेल वाइआरससी क्रिकेट क्लब विराटनगर र सुनसरी क्रिकेट क्बल तथा सोही दिन दोस्रो खेल दिल्ली र कटियार क्रिकेट क्लब बिच हुने खेल तालिका छ ।

सम्बन्धित समाचार

प्याब्सन स्पोर्टस मिट, पूर्वाञ्चल एकाडेमीको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको दोस्रो दिनमा मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको पूर्वाञ्चल एकाडेमीले अग्रता कायम गरेको छ । शनिबारसम्मको नतिजा अनुसार पूर्वाञ्चल एकाडेमीले ६ स्वर्ण, र २ कास्य पदकसहित आफ्नो...

कोरोनाबाट ३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५२ पुग्यो

काठमाडौं, १५ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु...

उत्कृष्ट विद्यार्थीलाई शिक्षादीपको सम्मान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले विद्यार्थीहरुलाई पुरस्कृत र सम्मान गरेको छ । कलेज परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी उनीहरुलाई पुरस्कृत र सम्मान गरेको हो ।कक्ष ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा ८० प्रतिशत...

विराटनगरको विरोधसमा माधव नेपालले भने ‘निर्वाचन आयोगले ओलीको सिंङ–जुरो भाँची दियो

विराटनगर, १६ माघ । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगले प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको सिङ-जुरो भाँचिदिएको बताएका छन् । संसद विघटनविरुद्ध विराटनगरमा आयोजन गरिएको विरोधसभामा बोल्दै अध्यक्ष नेपालले...

विराटनगर म्यूजिक फेस्टिबल हुने, तयारी भव्य गर्दै

विराटनगर । तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबल हुने भएको छ । कार्तिक १० गते विराटनगरको मनेरोडस्थित जैन भवनमा म्यूजिक फेस्टिबल हुने भएको हो । फेस्टिबलको भव्य तयारी सुरु गरिएको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी...

आर्या न्यूरोमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङको’ सफल शल्यक्रिया

विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिङको आर्या न्यूरो हस्पिटलमा...

कृषकलाई मकैको बिऊ र जिङ्क वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले अनुदानमा कृषकहरूलाई मकैको बिऊ जिङ्क वितरण गरेको छ । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा बिऊ वितरण गरेको हो । महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले...

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

विराटनगर, असार ११-नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्