मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगरमा शनिबार अडिसन हुने

 न्यूज विराट
मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगरमा शनिबार अडिसन हुने

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको अडिसन विराटनगरमा शनिबार हुने भएको छ ।
बालवालिकाहरुलाई सीप र संस्कारसहित नेतृत्व विकास गर्ने उद्देश्यले मिस्टर एण्ड मिस लिटर कोशी छैठौ संस्करणको हुन लागेको हो । प्रतियोगितामा प्रतियोगिहरु छनौट गरिन विराटनगरमा अडिसन हुन लागेको हो ।

जय मिडिया मेनेजमेन्ट प्रालिले प्रत्येक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ । विराटनगरपछि सुनसरीको इटहरी र धरानमा हुनेछ ।

‘यस पटकको प्रतियोगिता विगतको भन्दा फरक र भव्य रुपमा हुनेछ,’ जय मिडिया मेनेजमेन्ट प्रालिका डाइरेक्टर जय राज रायले भने, ‘विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुबाट छनौट भएका बालवालिकाहरुलाई प्रशिक्षण दिनेछ । जहाँ बालवालिकाहरुको क्षमतिा अभिवृद्धी गर्नेदेखि उनीहरुलाई सीप र संस्कारको ज्ञानहरु पनि सिकाइनेछ ।’

साथै बालवालिकाहरुलाई नृत्य, सरसफाई, शिक्षाको महत्व, वाक कला जस्ता अतिआवस्यक विषयमा विज्ञहरुबाट विशेष कक्षाहरु पनि दिइने जय मिडिया मेनेजमेन्ट प्रालिका सिइओ निशा खतिवडाले बताइन् ।

प्रतियोगिताको विजेताले जनही ३०–३० हजार रुपैयाँको साथै जय मिडिया मेनेजमेन्ट प्रालिको ब्यानरमा निमार्ण हुने नेपाली चलचित्रमा बाल कलाकारको भूमिकामा पनि खेल्न पाउने भएका छन् ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्