ढकाल समूहका २ कार्यकारिणी सदस्य निर्विरोध - News Birat

ढकाल समूहका २ कार्यकारिणी सदस्य निर्विरोध

न्यूज विराट
काठमाडौं, ४ मंसिर-नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालको लागि २ कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित भएका छन् । महासंघ निर्वाचन समितिले बिहीबारसम्म उम्मेद्वारी दिने समय तोकेकोमा प्रदेश १ बाट र द्वीराष्ट्रिय उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र सन्दीप अग्रवाल निर्विरोध भएका हुन् ।

उनीहरू दुवै जनाले वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र ढकालक‍ प्यानलबाट उम्मेदवारी दिएका थिए । मोरङ व्यापार संघको कार्यकारी सदस्यसमेत रहेका राउत हाल नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश- १ को उपाध्यक्षसमेत हुन् । अग्रवाल नेपाल इन्डोनेसिया उद्योग वाणिज्य संघकाअध्यक्ष हुन् । महासंघको निर्वाचन मंसिर १३ गते काठमाडौंमा हुँदै छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles