आज १३४३ संक्रमित थपिए, २१११ जना डिस्चार्ज - News Birat

आज १३४३ संक्रमित थपिए, २१११ जना डिस्चार्ज

न्यूज विराट

नेपालमा बिहिबार १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । ९ हजार २ सय ८९ को पीसीआर गरिएकोमा आज १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको हो । योसहित संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार १ सय ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ । आज १३ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट १ हजार ५ सय ५१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles