कंगोका पूर्वराष्ट्रपतिको कोरोना संक्रमणका कारण मृत्यु

 न्यूज विराट
कंगोका पूर्वराष्ट्रपतिको कोरोना संक्रमणका कारण मृत्यु

एजेन्सी, चैत १८-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति जाँ ज्याक्स जोचिम योहोम्बी ओपांगीको ८१ वर्षको उमेरमा निधन भएको छ ।

कोरोना भाइरस संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरस संक्रमण हुनुअघि देखि नै उनी संक्रमित रहेका थिए । उनी सन् १९७७ देखि १९७९ सम्म कंगोका राष्ट्रपति बनेका थिए । उनी सन् १९७९ मा सत्ताच्युत भएका थिए ।

सेनाका अधिकारी समेत रहेका ज्याक्स राष्ट्रपति मरियन एन्गौबीको हत्यापछि सत्तामा आएका थिए । उनलाई कंगोमा लामो समय शासन चलाएका डेनिस सासौ एन्गुएसोले पदच्यूत गरेका थिए । पदच्युत गरिएपछि उनीमाथि डेनिसको सरकार ढाल्न ‘कू’ को प्रयास गरेको आरोपमा सन् १९८७ देखि १९९० सम्म जेलमा हालिएको थियो ।

सन् १९९१ मा मुलुकमा बहुदलीय शासन व्यवस्था लागू भएपछि उनी जेलबाट रिहा भएका थिए । त्यसपछि उनले र्‍याली फर डेमोक्रेसी एण्ड डेभलेपमेन्ट नामको पार्टी स्थापना गरे ।

उनी सन् १९९२ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेपनि उनी पराजित भएका थिए । उनले निर्वाचित राष्ट्रपति पास्कल लिसोबासँग गठबन्धन बनाउँदै सन् १९९४ देखि १९९६ सम्म कंगोको प्रधानमन्त्री बने ।

सन् १९९७ मा कंगोमा गृहयुद्ध सुरु भएपछि ज्याक्स फ्रान्समा निर्वासित जीवन बिताएर सन् २००७ मा कंगो फर्किएका थिए । त्यसपछि स्वास्थ्य समस्या आएपछि उनी फ्रान्स निरन्तर आउने गरेका थिए । पछिल्लो समयमा फ्रान्समै रहेका बेला उनको निधन भएको एएफपीले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

प्रदेश १ः पाँच दलिय गठबन्धनले सार्बजनिक गर्यो न्यूनतम साझा कार्यक्रम

विराटनगर, १० पुस । पाँच दलीय गठबन्धन नेतृत्वको प्रदेश १ सरकारले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । शनिबार गठबन्धनले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको हो । अघिल्लो सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको...

पूर्वप्रधानमन्त्री देउवाकै गृहजिल्लामा छैन व्यवस्थित ‘बसपार्क’

डडेल्धुरा, माघ २७–सुदूरपश्चिम प्रदेशको हिलस्टेसनका रूपमा चिनिने डडेल्धुरा सदरमुकाममा व्यवस्थित बसपार्क नहुँदा यातायातका साधन पार्किङका लागि समस्या छ । पहाडी जिल्लाको केन्द्रका रूपमा विकसित हुन थालेको डडेल्धुरा सदरमुकाम अव्यवस्थित हुँदै जान थालेपछि सर्वसाधारण र आउने...

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

काठमाडौं, २२ वैशाख-नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध  भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालनमा आएको र थप पहिरो...

प्रदेश १ मा ३१३ जनामा कोरोना संक्रमण

विराटनगर, ३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको...

पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्यो नेपाल

काठमाडौं, असोज २७ । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । साफको इतिहासमा बुधबार पहिलो पल्ट नेपालले फाइनल यात्रा तय गरेको हो । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१...

दैलेखमा पुग्याे पीसीआर मेसिन, ३ दिनभित्र परीक्षण

दैलेख, ६ असार-कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित दैलेखमा पीसीआर मेसिन आइपुगेको छ । संघीय सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिनसँगै हिँडेको स्वास्थ्यकर्मी टोली शुक्रबार आइपुगेको हो । कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि...

पानीमा डुबिरहेको अवस्थामा मृत फेला

विराटनगर, ५ माघ । सुनसरीको रामधुनी नगरपालिका–६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका–४ स्थित सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार...

नियामकलाई छल्न खोज्ने एनआईसी एसिया राष्ट्र बैंकको फन्दामा

काठमाडौं, १० माघ । एनआईसी एशिया बैंकको बोनस शेयर वितरणमा रोक लगाइएको छ । गत मंसिर पहिलो साता नै एनआईसी एशिया बैंकले वार्षिक साधरणसभा डाक्नुपहिले फाइल स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो । तर, राष्ट्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्