सुन र चाँदी बरामद प्रकरण : दुगड ग्रुपका लेखापाललाई ८० लाख ४० हजार धरौटि, बैंक ग्यारेन्टि राखेर मुरारका रिहा
मङ्गलबार, २६ बैशाख, २०८०,
न्यूज विराट
विराटनगर । ठूलो परिमाणमा सुन र चाँदीसहित पक्राउ परेका केएल दुगड ग्रुपका लेखापाल विनोद कुमार मुरारकासहित तीन जना धरौटि रकम बुझाएर रिहा भएका छन् । रजास्व अनुस्न्धान कार्यालय इटहरी सुनसरीले मंगलबार तोकेको ८० लाख ४० हजार ६ सय ८० रुपैयाँ धरौटि रकम बुझाएर मुरारकासहित तीन जना धरौटिमा रिहा भएका हुन् ।
राजस्व अनुस्न्धान कार्यालय इटहरीले बिगो बरावरको धरौटि मंगलबार खुलाएको हो । प्रतिवादीहरुको बयान सकिएपछि बिगो बरावरको धरौटि रकम खुलाएको राजस्व अनुस्न्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए । राजस्वले तोकेको धरौटि रकम बुझाएर उनीसहित तीन जना रिहा भएका छन् । ‘तोकेको धरौटि रकम बरावरको बैंक ग्यराटी राखेका छन्,’ राजस्व अनुस्न्धान प्रमुख आचार्यले भने, ‘धरौटि रकम बुझाएपछि रिहा भएका छन् ।’ धरौटि रकम बुझाएर रिहा भएपनि उनलाई १५ दिनको तारखेमा राजस्वले राखेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मुरारका सहित ५४ तोला सुन, ८ केजी चाँदी र साढे सात लाख भारतीय रुपैयाँसहित ५६ वर्षीया पुष्पा मुरार र चालक विराटनगर २ का ५२ वर्षीया विमल कामतलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये विनोद विराटनगरको केएल दुगर समूहका लेखापाल हुन् । पुष्पा भने नेपाली नागरिक हुन् । उनीहरुको साथबाट प्रहरीले ६३३.९३ ग्राम सुन अहिलेको बजार मुल्य अनुसार ६० लाख ८७ हजार ५६५ रुपैयाँ, ८७५६.३३ ग्राम चाँदी ६ लाख ४४ हजार २ सय ४५ रुपैयाँ हुन आउँछ । यस्तै ८ लाख ४ हजार ७ सय ८९ भारतीय रुपैयाँे नेपाली १२ लाख ८८ हजार ८ सय ७० हुन आउँछ । जम्मा ८० लाख ४० हजार ६ सय ८० रुपैयाँ हुन्छ ।
मस्को, ४ असोज–रुसमा बसोबास गर्दै आएका एक नेपालीले पहिलोपटक कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार...
विराटनगर, ८ भदौ-विराटनगर महानगरले बनाएको आइसोलेशनमा बसेका १९ जनाले कोरोना जितेर घर फर्किएका छन् । विराटनगरको बैझनाथपुर स्वास्थ्य चौकीमा बसेका ४ र मारबाडी सेवा सदनमा बसेका १४ जना कोरोना जितेर घर फर्किएका हुन् । सोमबार...
विराटनगर । ध्रुवतारा स्पोर्टिङ्ग क्लब झापा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेस यूवा क्लब सिराहालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै धु्रवतारा...
भारतीय योग गुरु बाबा रामदेवले कोरोना भाइरस (कोभिड-१९)सँग नडराउन आग्रह गर्दै गुर्जोको रस पिउँदा फाइदा हुने बताएका छन् । उनले झारखण्ड राज्यको एक कार्यक्रममा गुर्जोको रस पिउँदा कोरोना भाइरले संक्रमण नगर्ने बताएका हुन् । रामदेवले...
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा मोडर्न एरा स्कुलले ग्रिनल्याण्ड कलेजलाई १–० को गोल...
विराटनगर, माघ ३-विराटनगर महानगरपालिकाका एक कर्मचारीले कानुन विपरित दोहोरो सुविधा लिएको खुलासा भएको छ । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले नियम कानुन विपरित महानगपालिकाकै दुई विद्यालयहरुमा लेखापारिक्षकको नियुक्ति लिएर दोहोरो सुविधा लिएको खुलासा भएको...
[caption id="attachment_47277" align="alignnone" width="747"] जनसेवाको स्वर्णमहोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राई ।[/caption] कानेपोखरी (मोरङ) । १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राईले शिक्षा क्षेत्रमा क्रान्ति गर्दै प्राविधिक शिक्षालाई प्रदेश भरीको विद्यालयमा लागु गर्ने बताएका छन्...
विराटनगर, ३० असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ६८ कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ७, सुनसरीमा दुई सय, झापामा २९, तेह्रथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई÷दुई,...