विराटनगर महानगरपालिकाका राजश्व महाशाखा प्रमुख प्रधानले दोहोरो सुविधा लिएको खुलासा, लेखा परिक्षक नियुक्तिमासमेत मोटो रकमको चलखेल

 न्यूज विराट
विराटनगर महानगरपालिकाका राजश्व महाशाखा प्रमुख प्रधानले दोहोरो सुविधा लिएको खुलासा, लेखा परिक्षक नियुक्तिमासमेत मोटो रकमको चलखेल

विराटनगर, माघ ३-विराटनगर महानगरपालिकाका एक कर्मचारीले कानुन विपरित दोहोरो सुविधा लिएको खुलासा भएको छ । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले नियम कानुन विपरित महानगपालिकाकै दुई विद्यालयहरुमा लेखापारिक्षकको नियुक्ति लिएर दोहोरो सुविधा लिएको खुलासा भएको हो । उनले महानगरपालिकाको शिक्षा शाखालाई प्रभावमा पारि नियुक्ति लिएको पाइएको हो ।

२०७० सालदेखी बहालवाला कर्मचारीलाई लेक्षपरिक्षण गर्न रोक लगाइएको छ । कार्यरत क्षेत्रकै विद्यालय वा अन्य संस्थामा लेखापरिक्षण गरे आर्थिक अनियमिमता हुने भएकाले कर्मचारीलाई लेखापरिक्षणमा रोक लगाइएको हो । लेखा परिक्षण गर्नुनै परेको खण्डमा पनि सामान्य प्रशासन मन्त्रालयको पूर्वस्वीकृति लिएर मात्र गर्नुपर्ने भएपनि प्रधानले त्यसोनगरि लेखा परिक्षकको नियुक्ति लिएका हुन् । प्रधान आर एण्ड एसोसिएटको फर्मबाट प्रधानलाई विराटनगरको जनपथ मा.वि. र मदरसा फैजुनवि आ.वि. को लेखा परिक्षकमा नियुक्त गरिएको छ ।

विराटनगर महानगरपालिकाका सामुदायीक विद्यालयहरुको लेखा परिक्षण गर्नका लागि ५० जना लेखा परिक्षक नियुक्ति गरिएको छ । महानगर अन्तर्गत नै संचालनमा रहेको विद्यालयहरुमा महानगरकै कर्मचारीले लेखापरिक्षकको नियुक्ती पाए आर्थिक अनियमितामा सघाउ पुग्ने जानकारहरुको दावी छ । त्यसको अलावा दोहोरो सुविधा हुने भएकाले पनि कर्मचारीले अन्य ठाँउमा काम गर्न बन्देज गरिएको छ । प्रधानले लेखा परिक्षकको नियुक्तिमा पनि माटो रकम चलखेल गरेको श्रोतले बताएको छ ।‘एक जनाको नियुक्तिका लागि ३ हजार देखि ५ हजार सम्म रकम लिएका छन् ।’ श्रोतले भन्यो,‘ यो हिसाबले कुल ५० लेखा परिक्षक नियुक्तिमा माटो रकमको चलखेल भएको छ ।’

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्