तीन वर्षभित्र शिक्षामा क्रान्ति– मुख्यमन्त्री राई

 न्यूज विराट
तीन वर्षभित्र शिक्षामा क्रान्ति– मुख्यमन्त्री राई

जनसेवाको स्वर्णमहोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राई ।

 

कानेपोखरी (मोरङ) । १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राईले शिक्षा क्षेत्रमा क्रान्ति गर्दै प्राविधिक शिक्षालाई प्रदेश भरीको विद्यालयमा लागु गर्ने बताएका छन् ।
शनिबार मोरङको कानेपोखरी–६, स्थित जनसेवा माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । आगामी तीन बर्ष भित्र आवश्यक पूर्वधार सहित इन्टरनेटको पहुँचबाट सवै विद्यालयहरुलाई जोडेर आइटी शिक्षालाई प्रदेश भरीका विद्यालयमा लागु गर्ने बताएका छन् ।

देशमा नयाँ नेपाल निर्माणका लागी सक्षम र दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय प्राविधिक शिक्षाको आवश्यकता पर्ने बताउँदै मुख्यमन्त्री राईले १ नम्बर प्रदेशमा गुणस्तरीय शिक्षाका लागि ऐन र नियम निर्माण पछि काम सुरु गरिएको बताएका छन् । योजनाबद्ध रुपमा शिक्षा क्षेत्रको विकासमा द्रुत गतिमा काम अघि बढाएको उनले बताए । १ नम्बर प्रदेशको विविधता र मौलिकता जोगाउने शिक्षा नीति ल्याउने बताउँदै प्रदेश सरकारले प्रदेश भरी विद्यालय क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने नीतिका साथ अघि बढेको बताएका छन् ।

 

सम्मानपछि पूर्व प्रधानाध्यापकहरु ।

२ वर्ष भित्रमा साक्षर प्रदेश
प्रदेश नम्वर १ का मुख्य मन्त्रि शेरधन राईले आगमी २ वर्ष भित्रमा १ नम्वर प्रदेशलाई पूर्ण साक्षर प्रदेशका रुपमा स्थापति गराउने वताएका छन् ।
राईले प्रदेश सरकारले शिक्षामा आमुल परिवर्तन ल्याउने योजनाका साथ आगामी ३ वर्ष भित्रमा प्रदेशका सवै सामुदायिक विध्यालयलाई प्रविधिमैत्रि वनाउने लक्ष्यका साथ अग्रगामी सोचका साथ अगाडि वढेको वताए ।
साथै राईले अवको शैक्षिक पद्घतिलाई परम्परागत रुपमा भन्दा पनि जिवनउपयोगि शैक्षिक पद्घतिको विकाश गर्दै सुखि नेपाली समृद्घ नेपालको परिकल्पनालाई सार्थक तुल्याउने खालको शैक्षिक पद्घति अवलम्वन गर्दै अगाडि वढ्ने प्रदेश सरकारको योजना रहेको उनले वताए ।

फरक प्रसंगमा मुख्यमन्त्री राईले यस क्षेत्रको सुकुम्बसी समस्याको समाधान नगरी सरकारले सुख नै नपाउने बताएका छन् । उनले ऐन, नियम बनाएर कुनै हालतमा पनि समस्याको समधान गरेरै छाड्ने बताएका छन् ।
यस क्षेत्रको चिसाङ खोला र डाँस खोला तटबन्ध लगायतको योजना सरकारले बुन्दै गरेको मन्त्री राईले बताए । प्रदेश सरकारले प्रदेश भरीबाट १४ वटा विद्यालयलाई उत्कृष्ट विद्यालय घोषना गर्ने तयारी गरेको छ । १४ वटा विद्यालयमा जनसेवा माध्यामिक विद्यालय पनि पर्ने मन्त्री राईले बताए ।

 

झोला र कितावको प्रतिस्थापन गरिने
कार्यक्रमका विशिशिष्ट अथिति प्रदेश नम्वर १ का सामाजिक विकाश मन्त्रि जिवन घिमिरेले अहिलेको वर्तमान अवस्थामा सामुदायिक विध्यालयको गुणस्तरलाई सुधार गर्नु चुनौति पुर्ण रहकोले यस्ता चुनौतिहरुलाई चिर्दै आगामी १० वर्ष भित्रमा प्रदेश वाट झोला र कितावको प्रतिस्थापन गर्ने लक्ष्य राखि प्रदेश सरकार लागि परेको उनले वताए ।
घिमिरेले सामुदायिक विध्यालय र निजि विध्यालय विच रहेको शिक्षण शिकाई प्रणाली विच रहेको अन्तरलाई घटाउदै आगामी ५ वर्ष भित्रमा प्रदेशका सवै सामुदायिक विध्यालयलाई ई–शिक्षण पद्घतिको रुपमा विकाश गरेर लैजाने योजना रहेको र सो लाई पुरा गरेरै छाड्ने प्रतिवद्घता जाहेर गरेका छन् ।

१ नम्वर प्रदेशमा हाल पहाडी जिल्ला ताप्लेजुङ र संखुवासभा जिल्ला साक्षर हुन वाकी रहेको र सो लाई आगामी २ वर्ष भित्रमा सवै स्कुल जान उमेर पुगेका वालवालिका हरुलाई विध्यालय भर्ना गरि साक्षर प्रदेशका रुपमा घोषणा गर्ने प्रदेश सरकारको योजना रहेको घिमिरेले सुनाए ।
कार्यक्रममा विद्यालय स्थापना गर्न योगदान पु¥याउने सस्थापक अध्यक्ष हरि प्रसाद अधिकारी, सस्थापक प्रधानाध्यापक नरहरी सेडाई लगाएत पूर्व विध्यालय व्यावस्थापन समितिका पदाधिकारी, पूर्व प्रधानाध्यापकहरु लगाएत विभिन्न समयमा योगदान पु¥याउने १८ जना व्याक्तिहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर राईले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य तथा कांग्रेस सचेतक सुयर्माराज राई, कानेपोखरी गाउपालिका प्रमुख ताराबहादुर काफ्ले, पूर्व न्यायाधिवक्ता हरी फुयललगायतले बोलेका थिए ।

२०२५ सालमा स्थापना भएको विध्यालयले आफ्नो समपूर्ण ५० वर्षको ईतिहासलाई समेट्दै स्मारिका समेत प्रकाशन गरेको छ । स्मारिकाको विमोचन मुख्य मन्त्रि राईले गरेका थिए । विद्यालयका पूर्व विध्यार्थीहरुको सभागितामा निर्माण भएको सरस्वतीको मूर्ति सहितको स्मारक र विद्यालय भवनको उद्घाटन पनि गरेका छन् ।

राष्ट्रपति नआउँदा कार्यक्रम खल्लो
मोरङको दुई सामुदायिक विद्यालयको स्वर्ण महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेबी भण्डारी शुक्रबार आउँने तालिका तय भएपनि कार्यक्रम रद्द भएको छ ।
मौसमका कारण राष्ट्रपति भण्डारी मोरङ आउने कार्यक्रम रद्द भएको हो । राष्ट्रपति भण्डारी शुक्रबार कानेपोखरी –६, को जनसेवा माध्यामिक विद्यालयको स्वर्ण महोत्सवमा सहभागी भई उर्लाबारीको राधिमा माध्यामिक विद्यालयमा स्वर्ण महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।

राष्ट्रपति भण्डारी कानेपोखरी–६, जनसेवा माध्यामिक विद्यालयमा स्वर्ण स्मारक अनावरण, विद्यालयको भवन उद्घाटन,विद्यालयको शैक्षिक उन्नयमा योगदान पु¥याउनेहरुलाई सम्मान तथा विशेष व्यक्तित्वहरुलाई अभिनन्दन गरिने कार्यक्रम रहेको थियो । कानेपोखरीमा नेपाली सेनाले मैदानमा हेलिकेप्टर बस्ने स्थानमा कुकुर द्रारा सुरक्षा जाँच गरी बस्ने ठाउँ समेत रेखा लगाई सकेका थिए । काठ्माडौँमा पानी परेर मौसम खराब भएपछि राष्ट्रपतिको हेलिकेप्टर उडान हुँन नसके पछि दुई कार्यक्रममा सहभागी हुन नसकेको पूर्व महान्याधिवक्ता हरि फुयलले बताए । राष्ट्रपति नआउने बारे खबर आएपछि विद्यालयमा कार्यक्रमको सेडुल नै चेन्ज भएको थियो । कार्यक्रममा राष्ट्रपति मात्र होइनन् उपसभामुख डा. शिवमाया तुमाहाङफे, कानुन मन्त्रि भानुभक्त ढकाल र पर्यटन मन्त्रि रविन्द्र मिश्र समेत आउँन पाएनन ।

राष्ट्रपति नआउने भएपछि कानेपोखरी ६, स्थीत जवनसेवा माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको प्रमुख अतिथि प्रदेश एकका मुख्यमन्त्री शेरधन राई भएका थिए । त्यसैगरी उर्लाबारीको राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन भने प्रदेश १ का प्रमुख डा. गोबिन्द सुब्बाले थिए ।

सम्बन्धित समाचार

क्वारेन्टाइन रहेका १२ सय बढीलाई घर फिर्ता

बुटवल, ३ वैशाख-प्रदेश–५ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्टकै आधारमा १ हजार २ सय बढी क्वारेन्टाइनमा रहेकालाई घर पठाइएको छ ।प्रदेश–५ मा मंगलबारसम्म १२ सय ७ जनाको आरडीटी किटको माध्यमबाट स्वाब परिक्षण गर्दा सबैको रिपोर्ट...

कोशी अस्पतालमा चरम बेथितीः स्वास्थ्यकर्मीले यसरी पढाउँछन् निजी हस्पिटलमा बिरामी

घटना १ विराटनगर महानगरपालिका–२ सरस्वती टोलका ५८ वर्षीय सुरेश भुजेल उच्च रक्तचापका कारण घरमा ढले । १६ कार्तिक घरमै ढलेपछि परिवारका सदस्यले उनलाई तत्काल राति १० बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पु¥याए । भुजेल परिवारको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५३ डिस्चार्ज, ८५ संक्रमित थपिए

विराटनगर, ३० कात्तिक–प्रदेश १ मा आइतबार १ सय ५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ । प्रदेश १ मा...

कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

काठमाडौं, ८ मंसिर-कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको...

‘प्रदेशका कानुन दराजमै थन्किए‘

विराटनगर, असार ३०–प्रदेश १ मा बनाइएका अधिकाँश कानुन दराजमै थन्किएको सांसदहरूले गुनासो गरेका छन् । आजको प्रदेशसभा बैठकमा सांसदहरूले प्रदेशसभाले बनाएका अधिकांश कानुनहरू दराजमा थन्किएको गुनासो गरेका हुन । सांसद केदार कार्कीले लोकसेवा सम्बन्धमा कानुन...

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी बन्न अपिल

काठमाडौँ, ११ पुस-नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गर्नुभएको छ । कांग्रेसले संसद् विघटनविरुद्ध...

रुसमा संक्रमितको संख्या ह्वात्तै बढ्यो, पुटिनका प्रवक्तामा कोरोना देखियो

एजेन्सी, बैशाख ३१-रुपमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । रुसमा संक्रमितको संख्या अमेरिका र स्पेनपछि सबैभन्दा बढी रहेको छ । मंगलबारमात्रै रुसको सेन्ट पिटर्सबर्गमा रहेको सेन्ट जर्ज कोरोना अस्पतालमा...

तराई-मधेसलाई मरुभूमिकरण गर्ने काम स्वीकार्य हुँदैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तराई–मधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन् । शुक्रबार ट्वीट गर्दै उनले वातावरणीय सन्तुलन विगार्ने तथा तराई–मधेस र भित्रीमधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्