राशिफल

मिल्स गोल्डकप, झापाको ध्रुवतारा क्लब फाइनलमा

 न्यूज विराट
मिल्स गोल्डकप, झापाको ध्रुवतारा क्लब फाइनलमा

      

विराटनगर । ध्रुवतारा स्पोर्टिङ्ग क्लब झापा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेस यूवा क्लब सिराहालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै धु्रवतारा स्पोर्टिङ्ग क्लब झापा फाइनलमा पुगेको हो ।

जितसँगै झापाले बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिराहा र गाईघाट फुटबल क्लब उदयपुरका बिजेतासँग फाइनल खेल्नेछ ।

निर्धारित समयसम्म २÷२ गोलको बराबारी भएपछि जितको छिनोफानो टाईब्रेकरबाट भएको थियो ।

जितको लागि झापाका निर्जल बोहार, प्रविण राई, रोशन धिमाल ‘ए’ , गौरव धिमाल र बिक्रम राईले गोल गरी टिमलाई फाइनलमा पु¥याएका थिए ।

सिराहका रबि रखल, विदेशी खेलाडी डेनियल, अमन लामा र स्यानगोले मात्र गोल गरेका थिए । सिराहाका विदेशी खेलाडी यानिकको प्रहार झापाका गोलकिपर आयूष लिम्बुले उत्कृष्ट बचाए । खेलको म्यान अफ द म्याच झापाका गोल किपर आयुष लिम्बु घोषित भए ।

निकै प्रतिष्पर्धात्मक बनेको खेलमा झापाका प्रविण राईले खेल सुरु भएको २४ औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । डिबक्स भित्र रोशन धिमाल ‘ए’ ले निकालिदिएको क्रस पासलाई प्रविण राईले हेडमार्फत गोल गरे । झापाले पहिलो गोल गरेको ११ मिनेट बित्न नपाउँदै ३५ औं मिनेटमा बिक्रम राईले गोल गरी अग्रता दोब्बर बनाए । दोस्रो गोल गर्न पनि रोशन धिमाल ‘ए’ ले पास निकालिदिएका थिए । रोशनले निकालेको पासललाई बिक्रमलले गोलमा परिणत गरेका थिए ।

चार जना विदेशी खेलाडी भित्र्याएसँगै उच्च मनोबलका साथ मैदान उत्रिएको सिराहाले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । ६० औ मिनेटमा सिराहाका अमन लामाले गोली गरी २–१ बनाए । सिराहका यानिकको शसक्त प्रहार रोक्ने क्रममा झापाका गोलकिप आयूष लिम्बुले पन्च गर्दै उत्कृष्ट बचाए । त्यसपछि दबाब दिएको सिराहका यानिकले ७३ औं मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भइ खेल बराबरीमा ल्याए ।

पहिलो हाफमा लिएको अग्रतापछि दोस्रो हाफमा झापाले पहिलो हाफको लयलाई निरन्तरता दिन सकेन । पछि परेको सिराहले खेलमा फर्किन अनेकौं प्रसास गर्दा ८७ औं मिनेटमा सिराहाका यानिकले गरेहको प्रहार अग्रता छोट्याएको थियो । झापाका रविन राईको ८९ औ मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार बाहिरदा खेल टाईब्रेकरमा पुगेको थियो । इन्जुरी समयमा सिरहाका यानिकको वान भर्सेस वानको सशक्त प्रहार पोसमा लागेर बाहिरदा घर फर्किन बाध्य भयो ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...