विराटनगरको आइसोलेसनमा बसेका १९ जना कोरोना मुक्त भएर घर फर्किए - News Birat

विराटनगरको आइसोलेसनमा बसेका १९ जना कोरोना मुक्त भएर घर फर्किए

न्यूज विराट

विराटनगर, ८ भदौ-विराटनगर महानगरले बनाएको आइसोलेशनमा बसेका १९ जनाले कोरोना जितेर घर फर्किएका छन् । विराटनगरको बैझनाथपुर स्वास्थ्य चौकीमा बसेका ४ र मारबाडी सेवा सदनमा बसेका १४ जना कोरोना जितेर घर फर्किएका हुन् ।

सोमबार उनिहरुलाई विराटनगर महानगरका मेयर भीम पराजुली, वडा नं. १ का वडाध्यक्ष तथा महानगर कार्यपालिकाका प्रबक्ता उद्धव अर्याल, वडा नं ८ का वडाध्यक्ष निश्चल अर्याल, वडा नंं १९ का वडाध्यक्ष बद्री नारायण सरदार, विराटनगर महानगरका स्वास्थ्य महासाखा प्रमुख रमेश कार्की लगायतले बिदाइ गरे । उनीहरुलाई सरकारले बनाएको स्वास्थ्य प्रोटोकल पालना गरी बस्न र सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles