मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, युनाइटेडलाई ६ गोल गर्दै हाटखोला सेमिफाइनलमा 

 न्यूज विराट
मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, युनाइटेडलाई ६ गोल गर्दै हाटखोला सेमिफाइनलमा 

विराटनगर । विराटनगरमा जारी १ नं। प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगितामा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको खेलमा युनाईटेड भेट्रान्स क्लब विराटनगरलाई ६– २ गोलले हराउँदै हाटखोला सेमिफाइनलमा पुगेको हो । 

जितको लागि हाटखोलाका सुरज श्रेष्ठले ह्याट्रिक पुरा गरी पाँच गोल गरे ।  सुरेन तामाङले एक गोल गरे । युनाइटेडका हर्क गुरुङले एक गोल फर्काएका थिए भने एक गोल आत्मघाती भयो ।

खेल सुरु भएको तीन मिनेटमा हाटखोलाका सुरज श्रेष्ठले गोल गरी सुरुवाती अग्रता दिलाए । उनले पहिलो गोल गरेको  ६ मिनेट पनि बित्न नपाउँदै ९ औँ मिनेटमा गोल गरी दोब्बर बनाए । सुरन तामाङले  २२ औँ मिनेटमा गोल गरी तेब्बर बनाए ।  

पुरा समय युनाइटेड माथि हाबी भएको हाटखोलाले हाफपछि तीन गोल ग¥यो । ४० औँ मिनेटमा सुरजले ह्याट्रिक पुरा गरी ४–० ले अग्रता कायम गरे । हाफपछि हाटखोलाका सुनिल राउतले ५४ औँ मिनेटमा आत्मघाती गोल गर्दा युनाइटेडले खाता खुल्ने अवसर पायो ।
सुरजले ५८ औैं मिनेटमा गोल गरी हाटखोलालाई ५–१ ले अग्रता बनाए । युनाइटेकका हर्क गुरुङले ६० औँ मिनेटमा गोल गरी ५–२ बनाए । खेलको ७३ औँ मिनेटमा सुरजले थप गोल गर्दै हाटखोलालाई ६–२ गोलले जित दिलाउन सफल भए । 
खेल अवधि भरी पाँच गोल गर्दै हाटखोलाका सुरज श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए । 

शुक्रवारको पहिलो सेमिफाइनल खेल भरौल भेट्रान्स क्लब  सुनसरी र दमक –लखनपुर भेट्रान्स क्लब दमक बिच खेल हुने मिल्स भेट्रान्स क्लबका संयोजक मनोज खड्काले जानकारी दिए । 

सम्बन्धित समाचार

आयात बढ्न थालेपछि शोधनान्तर बचत घट्दो

काठमाडौं, चैत ५–चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा विदेशी वस्तुको आयात बढ्दै गएपछि शोधनान्तर बचत भने घट्न थालेको देखिएको छ । पछिल्लो १ महिनामा मात्र करिब ५ अर्ब रुपैयाँले शोधनान्तर बचत घटेको छ । देशबाट...

हजरत मोहम्मदको जन्मोत्सव मनाइँदै, सार्वजनिक बिदा दिन माग

काठमाडौं, १४ कात्तिक-नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक...

नेपाल मेडिकल कलेज तोडफोड प्रकरण : छानविन गरी दोषीलाई कारवाही गर्न प्राइभेट मेडिकल कलेजको माग

विराटनगर । नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा अस्पताल तोडफोड गर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई गालीगलौज गरि अभद्र व्यवहार गरिएको घटनाको निन्दा गर्दै प्रशासनले घटनाको अनुसन्धान गरी दाषीलाई कारवाही गर्न एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल...

काममा जान्छु भनेर घरबाट हिडेका युवाको मोरङको रंगेलीमा शव भेटियो, हत्याको आशंका

विराटनगर । मोरङको रंगेलीमा एक जना युवाको शव भेटिएको छ । मोरङ सुनवर्षी नगरपालिका ४ बटरबारी बस्ने ३२ वर्षीय अशोक कुमार यादव धामीको शव भुटिएको छ । घरबाट काम गर्न भनी हिँडेका यादवको आज बिहान...

विराटनगरमा धुमधामका साथ मनाए तमु ल्होसार

विराटनगर । गुरूङ समुदायले सोमबार तमु ल्होसार धुमधामका साथ मनाएका छन् । गुरुङ समुदायले गरुङ वर्गलाई बिदाइ गर्दै नाग वर्गलाई स्वागत गरी ल्होसार पर्व मनाउने गर्दछन् ।तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिवार तमुस्यो महानगर...

आजको मौसम : प्रदश–१, गण्डकी र लुम्बिनीका धेरै ठाउँमा वर्षा

काठमाडौं, ११ असार । प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश-१ का धनकुटा, इलाम, ताप्लेजुङ र सुनसरीमा पानी परिरहेको मौसमविद् हिरा...

हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्डमा २ ठाउँमा पहिरो

मकवानपुर, ८ असार-हेटौँडा कुलेखानी काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका-६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका-२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएको ती २ ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम...

३७ हजार स्वाब परीक्षणपछि आफैँ सङ्क्रमित

चितवन, २० पुुस-सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहनुभएकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित हुनुभएको छ । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आउनुभएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्