
काठमाडौं, जेठ २६-नेपालमा पीसीआर परीक्षण १ लाख नागरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा १ लाख बढी नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको जानकारी दिएका हुन् ।
उनका अनुसार सोमबारसम्म पीसीआर विधिबाट १ लाख ९ सय ७१ नमुनाको परीक्षण गरिएको छ । त्यस्तै, १ लाख ५६ हजार ९ सय ९१ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।
२४ घण्टाको आवधिमा ४ हजार ७ सय ६६ नुमना पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ११ हजार ९ सय ४२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।