विराटनगर । सीएनआई कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर – २ शंकरपुरमा माघ १९ देखि २८ गते सम्म संचालन हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको हो ।
आयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी एक्स्पो तयारी तिब्र भएको बताएको छ । एक्स्पोमा वृहत रुपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य मिल तथा मेसिनरी औजार, अटो, सेवा क्षेत्रलगायत उपभोग्य वस्तुका ४ सय स्टलहरु रहने उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरले बताए । एक्स्पोले चौतर्फी मन्दी छाएको आर्थिक क्षेत्रलाई केही सहयोग पुग्ने उनले बताए । एक्स्पोमा अत्याधुनिक ह्याङ्गर (डोम) हरुमा उत्पादनका क्षेत्रहरु अनुसाल अलग–अलग रुपमा वस्तु तथा सेवाको अवलोकन र खरिद गर्न सकिने अध्यक्ष घिमिरले बताए ।
यस्तै आफ्नो उत्पादनको प्रबद्र्धन गर्न उचित अवसर नपाएका कतिपय स्थानीय तहका उद्यमीहरुलाई पनि एक्स्पोमा स्टल राख्ने अवसर दिइएको छ । ती स्थानीय तहबाट घरेलु, महिला, लघु, साना तथा कृषिक्षेत्रका उद्यमीले निःशुल्क स्टल प्राप्त गर्ने बताइएको छ । त्यसरी स्टल राख्ने उद्यमिका लागि सम्बन्धीत स्थानीय तहले एक्स्पोको प्रबद्र्धनमा सहयोग गर्नेछन् । यस्तै एक्स्पोमा वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी लगायतका औद्योगिक क्षेत्रका ठूला उद्योग र उत्पादन ब्राण्डहरु पनि रहने जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष घिमिरेले नेपालका छिमेकी देशहरु भारतको बिहार, जोगवनी, बथनाहा, फारवीसगञ्ज, अररिया, रानीगञ्ज, वीरपुर, भिमनगर, बंगाल सिलगुडीबाट समेत ५० हजार माथि अवलोकनकर्ता एक्स्पोमा आउने लक्ष्य लिएको बताए ।
एक्स्पोलाई रोचक र ज्ञानबद्र्धक बनाउने उद्देश्यले सौर्यमण्डलको अवलोकन गर्ने व्यवस्थाका लागि प्लानेटेरिय स्थापना गरिएको छ । विशेष किसिमको कक्षभित्र ३६० डिग्रीमा सौर्यमण्डल अवलोकनको व्यवस्था गराइने, विभिन्न उमेर अनुसारको दर्शकको समूह बनाएर अन्तरिक्षमा भएका ग्रहहरु र तारामण्डलको बनावत र त्यसको चक्रबारे जानकारी गराइने पनि आयोजकले जनाएको छ । ‘यसबाट विशेष गरी विद्यार्थीहरुले हाम्रो सौर्यमण्डलबारे ज्ञान हासिल गरी विज्ञानप्रति विश्वास बढ्ने र उनीहरुलाई त्यसको अध्ययनमा आकर्षण थप्ने विश्वास लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।
एक्स्पोले बिहान ११ बजेदेखि ३ बजेसम्मका लागि प्रतिव्यक्ति १ सय रुपैयाँको टिकट शुल्क र विद्यार्थीको लागि भने ५० रुपैयाँ तोकेको छ । साँझको सांस्कृतिक कार्यक्रमका लागि भने प्रवेश शुल्क २ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । मेलामा ३ करोड बराबरको खर्च हुने आयोजकको भनाइ छ । यस्तै त्यतिनै बराबरको आम्दानी गर्ने आफूहरुको लक्ष्य रहेको अध्यक्ष घिमिरेले बताए । मेलामा देश तथा विदेशका गरी ३ ाख ५० हजार बढी मानिसले अवलोकन गर्ने अनुमान आफूहरुको रहेको आयोजकको दाबी छ । एक्स्पोको मुख्य प्रायोजकमा रमपम तयारी चाउचाउ रहेको छ भने प्रायोजकहरुमा केएल दुगडए र म्याजिक जुत्ताचप्पल रहेको छ । यस्तै सहप्रायोजकमा सेन्चुरी स्पाइस एण्ड स्न्याक्स, चौधरी ग्रुप (सिजी), क्लालिटी बिस्कुट, रुस्लान र क्लिन कन्क्रृत नेपाल रहेका छन् ।
एक्स्पोलाई नेपाल सरकारको कृषि, उद्योग, पर्यटनसँग सम्बन्धीत मन्त्रालयहरु, नेपाल पर्यटन बोर्ड र १ नम्बर प्रदेश सरकारअन्तर्गतका उद्योग, कृषि तथा सहकारी, सामाजिक विकास, पर्यटन वन तथा वातावरण मन्त्रालय, विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, सुनसरीको दुहबी नगरपालिका, मोरङको बुढीगंगा गाउँपालिकाले प्रबद्र्धनमा सहयोग गरेका छन् ।
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...
विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...
पत्रकारिताको नयाँ आयामको रुपमा न्युजबिराट डट कम उपस्थित भएको छ । जनताको सूचनाको हक स्थापित गर्ने र आवाजविहिनहरुको आवाज बलियो बनाउने उद्देश्यसहित हामी आएका हौं । सत्य र न्यायप्रतिको पक्षधरतासहितको स्वतन्त्र प्रत्रकारिता हाम्रो मिसन हो ।