विराट एक्स्पो : हेलि सिटी टुरमा २५ प्रतिशत छुट

 न्यूज विराट
विराट एक्स्पो : हेलि सिटी टुरमा २५ प्रतिशत छुट

विराटनगर, फागुन ८–विराटनगरमा जारी विराट एक्स्पोमा हेलिकोप्टरबाट सिटी टुरका लागि छुटको व्यवस्था गरिएको छ । आजदेखि मेला अवधिभर हेलिकोप्टरबाट विराटनगर परिक्रमा गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरिएको हो । आजदेखि शनिबारसम्म २५ प्रतिशत छुटको व्यवस्था गरिएको आयोजक समितिका सदस्य निशान्त उपाध्यायले बताए ।

हेलिकोप्टरबाट नगर परिक्रमा गर्दा छुटको व्यवस्था गरिएपछि हेलिकोप्टर चढ्नेहरूसमेत बढेका छन् । हेलिकोप्टरबाट सिटी टुर गर्दा प्रतिव्यक्ति ७ हजार ५ सय शुल्क लाग्ने गरेको थियो । छुटपछि भाडा घटेर ५ हजार ६ सय २५ रुपैयाँमा झरेको छ । हेलिकोप्टरबाट विराटनगर परिक्रमा गर्दा निक्कै रमाइलो भएको यात्रुहरूले बताएका छन् ।

हेलिकोप्टरबाट सिटी टुरका लागि छुटको व्यवस्था गरिए पनि हलेसी, पाथिभरालगायतका स्थानमा जाँदा भने छुटको व्यवस्था नगरिएको आयोजक समितिले जनाएको छ । एक्स्पोमा हेलिकोप्टर पनि आगन्तुकहरूका लागि आकर्षणको केन्द्र बनेको छ ।

हेलिकोप्टर चढ्ने, हेर्ने र सेल्फी खिच्नेको भीड लाग्ने गरेको छ । शनिबारसम्म सञ्चालन हुने एक्स्पोमा १ सय ५० किलोको अष्ट्रिज, लोपोन्मुख विभिन्न प्रजातिका चरालगायत आकर्षणका रुपमा रहेका छन् । हरेक दिन दर्शकको चाप बढ्दै गएको आयोजक उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College