चिनियाँ राजदूत हाउ याङ्छी प्रचण्ड निवासमा - News Birat

चिनियाँ राजदूत हाउ याङ्छी प्रचण्ड निवासमा

न्यूज विराट

काठमाडौं, ८ मंसिर-चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई लिएर सोमबार चिनियाँ राजदूत हाउ याङ्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी छन् ।

अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा भेटवार्ता भएको प्रचण्डको स्वकीय सचिवालयले जनाएको छ । भेटमा आसन्न चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणसँगै नेकपा विवादबारे छलफल भएको बताइएको छ ।

गत मंसिर ३ गते बस्ने सचिवालय बैठक अगाडि पनि राजदूत हाउ याङ्छीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी थिइन् । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणको सुरक्षा व्यवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles