संखुवासभाको मादी हत्याकाण्डका चार जनालाई आजिवन कारावासको सयाज

 न्यूज विराट
संखुवासभाको मादी हत्याकाण्डका चार जनालाई आजिवन कारावासको सयाज

विराटनगर, २१ असार । संखुवासभाको मादी नगरपालिकामा भएको कार्की परिवार हत्या प्रकरणमा संलग्न दोषीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । मादी नगरपालिका–१ स्थित खोलागाउँमा एकै परिवारको ६ सदस्यको हत्या प्रकरणमा चार जनालाई जिल्ला अखालत संखुवासभाले आजीवन कारावासको सजाय भएको फैसला सुनाएको हो ।

घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोराद्वय २७ वर्षीय लोकबहादुर र १७ वर्षीय छोरा नरेश कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

अदालतले पक्राउ परेका खड्ग, हस्तबहादुर, रणबहादुर र लोकबहादुरलाई आजीवन कारावासको सजायको फैसला गरेको हो ।

त्यसैगरी, हत्यामा संलग्न भएका १७ वर्षीय नरेशलाई भने २५ वर्षको दुईतिहाइ कारावासको फैसला छ । उनले १६ वर्ष केही महिना कारावास बस्नुपर्ने हुन्छ ।

२१ भदौ २०७८ मा तेजबहादुर कार्कीसहित उनकी आमा पार्वती, श्रीमती कमला, बुहारी रञ्जना, नाति विपीन र नातिनी गोमाको निर्मम हत्या भएको थियो ।

सम्बन्धित समाचार

नेपालले भारतलाई पत्र पठाएरै दियो दनक

काठमाडौं, १४ साउन-भारतले लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउने माग गर्दै पत्र पठाएपछि नेपालले पनि जवाफी पत्र पठाएको छ । नेपालले भारतलाई सो क्षेत्र नेपालकै भएको भन्दै पत्र लेखेको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय...

बलात्कार गरेर भारत लैजान खोज्ने दुई भारतीय नगरिक पक्राउ

विराटनगर । जबरजस्ती करणी गरेर भारत लैजान खोज्ने दुई जना भारतीय नागरिकलाई प्रहरी र साना हातहरू नामक संस्थाले पक्राउ गरेको छ । भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगीरलाई पक्राउ गरेको हो...

राईजिङ र सरस्वती सेमिफाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा राईजिङ स्कुल र सरस्वती स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा राईजिङ स्कुलले...

आईएस्सीको प्रमाणपत्र नक्कली भएको आशंकामा सांसद सुनिल शर्मा पक्राउ, यस्तो छ विवादित कहानी

विराटनगर । विवादित मेडिकल कलेज सञ्चालक एवं नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा।प्रकाशरण महतमाथि अनुसन्धान गर्नुपर्ने चर्को अभिव्यक्ति दिँदै आएका शर्मालाई बिहीबार प्रहरीले...

विराटनगरको विकासका लागि एडीवीद्वारा तेस्रो चरणको काम सुरु

विराटनगर । विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीवी)ले तेस्रो चरणको कार्य सुरु गरेको छ ।एडीवीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसित भेटेर हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको छ ।...

एनसिडिए मोरङका महासचिब अरुण ठाकुरको फर्मामा अनुगमन, ‘नार्कोटिक’ औषधी जथाभावी विक्री

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङका महासचिब अरुण ठाकुरले संचालन गरेको विराटनगर ७ हस्पिटल चोकस्थित उज्वल फर्मामा ‘नार्कोटिक’ औषधी अभिलेख नराखि जथाभावि विक्री वितरण हुने गरेको पाइएको छ । औषधी व्यवस्था विभाग विराटनगरले गरेको...

तेली कल्याणले निःशुल्क विवाह गरिदिने

विराटनगर । तेली कल्याण समाज मोरङले आर्थिक अवस्था नाजुक भएका परिवारको छोरा–छोरीको निःशुल्क विवाह गरिदिने भएको छ । आर्थिक अवस्था नाजुक भएर विवाह गर्न नसक्ने परिवारका छोरा छोरीहरूको निःशुल्क विवाह गरिदिने व्यवस्था गरेको हो ।समाजका...

नेकपा सचिवालयको बैठक सोमबार बस्दै

काठमाडौं,  ३२ साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक सोमवार बिहान बस्ने भएको छ । बिहान ११ बजे बस्ने सचिवालय बैठक पार्टीभित्रको विवाद हल गर्ने उद्देेश्यसहित बोलाइएको हो । बैठक बिहान साढे ९ बजे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्