दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको गाउँमा पनि सचेतना अभियान

 न्यूज विराट
दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको गाउँमा पनि सचेतना अभियान

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि मोरङको ग्रामीण क्षेत्रमा रहेको गाउँ– गाउँमा पनि ट्राफिक सचेतना अभियान सुरु गरेको छ ।

पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक नियमको उल्लङ्घन गरी सवारी दुर्घटना बढ्न थालेपछि मोरङ ट्राफिकले गाउँ–गाउँमा पनि सचेतना अभियान सुरु गरेको हो ।

अभियान अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत विद्यालय विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरूलाई ट्राफिक सचेतना मूलक जानकारी गराएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्की, प्रहरी सहायक निरीक्षक दयाराम गौतमहरूलाई ट्राफिक सचेतनाको बारेमा जानकारी गराए । ‘सडक सुशासन र सवारी दुर्घटना न्यूनीकरणको लागि गाउँ–गाउँमा ट्राफिक प्रहरी अभियानको थालनी भएको छ,’ ट्राफिक प्रहरी निरीक्षक कार्कीले भने, ‘यो अभियान गाउँ केन्द्रित हुनेछ । यसको थालनी कानेपोखरीको गाउँदेखि सुरु भएको छ ।’अभियानमा हप्तामा एक दिन मोरङका १७ वटा स्थानियतह रहेको गाउँहरूमा पुगेर स्थानीय तहका जनप्रतिनिधि, स्थानीय प्रहरीसमेतको सहकार्यमा सवारी चालक तथा सडक प्रयोगकर्ताहरूलाई प्रशिक्षण दिई सडक अनुशासनको पालना गराउने उनले बताए ।

‘सडक प्रयोगकर्ताहरूलाई अनुशासित तवरले सवारी साधन चलाउन लगाएर सम्भवयताको सँगसँगै सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई कम गराउने यो अभियानको एउटा उद्देश्य पनि हो,’ उनले भने, ‘अभियानको क्रममा सडक प्रयोगकर्ताहरूलाई सवारी तथा यातायात व्यवस्था ऐनमा भएका नियम र ऐनको जानकारी गराएर सजक गराइन्छ ।’
अभियानमा गाउँका प्रत्येक विद्यालयहरूमा ट्राफिक प्रहरी उपस्थित भएर एक विद्यालय एक कार्यक्रम अनुरूप सचेतना मूलक कक्षाहरू पनि सञ्चालन गरिने भएको छ । ‘विद्यालय जाने बालबालिकाहरू कम उमरेका भएका कारण सवारी दुर्घटनामा पर्ने उच्च जोखिम वर्गमा पर्दछन्,’ उनले भने, ‘ दुर्घटनाहीनबाट जोगाउन तथा सडक सुशासन पालना गराउन र असल जिम्मेवार नागरिकको रुपमा बिकास गर्नको लागि योजना बद्ध रुपमा बालवालिका सुरक्षाका विविध विषयहरुमा प्रशिक्षण प्रदान गरिनेछ । सडक सुशासनतथा दुर्घटना रहित समाजको निमार्णको लागि सुरक्षा, सजकता र जिम्मेवार समेटेर अभिभावक शिक्षा कार्यक्रम पनि सञ्चालन गरिनेछ ।’

सम्बन्धित समाचार

सामाजिक सञ्जाल मार्फत् सचेतना जगाउँदै काङग्रेसका शीर्ष नेता

कोभिड–१९को सम्भावित जोखिम हुन नदिन यही चैत ११ गतेदेखि मुलुकभर ‘लकडाउन’ जारी रहेको छ । यसले गर्दा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा, यातायात र हिँडडुलमा कडाइ गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका अधिकांश नेता...

कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

सुर्खेत, १० असार-कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशनको २१ औँ बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस अवरोध गरेपछि स्थगित भएको छ । बैठक प्रारम्भ प्रदेशसभा सभामुख राजबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालयले ल्याएको बजेटमाथिको छलफल गर्न आह्वान...

रुकुम हत्याकाण्डका दोषिलाई कडा कारबाही गर्न माग

विराटनगर, जेठ १५– कोभिड–१९ विरुद्ध राष्ट्रिय अभियानले रुुकुम पश्चिम चौरजहारी हत्या काण्डको छाविन गरि दोषि उपर कडा कानुनी कारवाही गर्न माग गरेको छ । अभियानमा आवद्ध अढाई दर्जन संघ संस्थाहरुले संयुक्त रुपमा ११ सुत्रिय मागसहितको...

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार संयुक्त सरकारको नेतृत्व गर्ने गरी कार्कीलाई आइतबार साझ मुख्यमन्त्री पदमा नियुक्त गरेका...

रुसमा तयार भएको कोरोना भ्याक्सिन स्वास्थ्य मन्त्रालयद्धारा स्वीकृत

मस्को, साउन २७–रुसले विश्वको पहिलो कोरोना भ्याक्सिनलाई स्वीकृत गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्वास्थ्य मन्त्रालयले भ्याक्सिनलाई स्वीकृत गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मस्कोको गामालेया इन्ष्टिच्युटले तयार गरेको कोरोना...

कंगोका पूर्वराष्ट्रपतिको कोरोना संक्रमणका कारण मृत्यु

एजेन्सी, चैत १८-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति जाँ ज्याक्स जोचिम योहोम्बी ओपांगीको ८१ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले...

प्याब्सन विराट कप : जेम्स, बालमिकी र सेन्टजोसेफ स्कुल क्वाटरफाइनलमा

विराटनगर । विराटनगरका तीन वटा स्कुल जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न भएको खेलमा जेम्स, बालमिकी र सेन्टजोसेफ स्कुल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्