रुकुम हत्याकाण्डका दोषिलाई कडा कारबाही गर्न माग - News Birat

रुकुम हत्याकाण्डका दोषिलाई कडा कारबाही गर्न माग

न्यूज विराट

विराटनगर, जेठ १५– कोभिड–१९ विरुद्ध राष्ट्रिय अभियानले रुुकुम पश्चिम चौरजहारी हत्या काण्डको छाविन गरि दोषि उपर कडा कानुनी कारवाही गर्न माग गरेको छ ।

अभियानमा आवद्ध अढाई दर्जन संघ संस्थाहरुले संयुक्त रुपमा ११ सुत्रिय मागसहितको विज्ञप्ती जारी गर्दै दोषि उपर जन्म कैदसहित कडा कानुनी कारवाहीको माग गरेका हुन् ।

रुकुमको चौरजहारीकी सुष्मा ठकुरी र जाजरकोटका नवराज बिश्वकर्माले अन्र्तजातिय बिवाह गर्न लागेको भन्दै गएको जेठ १० गते केटी पक्षले प्रेमी नवराज र उनका साथीहरुलाई कुटपिट गरेर हत्या गरेका थिए । नवराजसहित ४ जनाको शव भेरी नदीमा मृत अवस्थामा फेला परिसकेको छ । अझै २ जना बेपत्ता रहेकाले खोजि कार्य जारी रहेको जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles