प्याब्सन विराट कप : जेम्स, बालमिकी र सेन्टजोसेफ स्कुल क्वाटरफाइनलमा
सोमबार, ०४ पुष, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरका तीन वटा स्कुल जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न भएको खेलमा जेम्स, बालमिकी र सेन्टजोसेफ स्कुल विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको पहिलो खेलमा अपर्ण स्कुलले कोशी मोडल स्कुललाई ४–० गोलले पराजित गरी अपर्ण विजयी भएको छ । जितको लागि अपर्णका अबिशेक मगरले २ गोल र आदर्श राई र दिवस खतिवडाले समान १÷१ गोल गरे ।
सोही दिन भएको दोस्रो खेलमा बालमिकी स्कुलले सिद्धार्थ स्कुललाई २–० गोलले पराजित गरी बालमिकी स्कुल क्वाटरफाइनलमा पुगेको छ । जितको लागि बालमिकीका सरोज साहले एक्लै दुई गोल गरेका थिए ।
सोही दिन भएको तेस्रो खेलमा सेन्टजोसेफ स्कुलले देवकोटा स्कुललाई ३–० गोलले हराउँदै सेन्टजोसेफ क्वाटरफाइनल पुगेको छ । जितको लागि सेन्टजोसेफका दिपेश खड्का, निशान्त सिटौला र अरभ शर्माले समान १\१ गोल गरे ।
यस्तै अन्तिम खेलमा जेम्स स्कुलले विराट शिक्षा स्कुललाई ३–२ गोलले पराजित ग¥यो । जितका लागि जेम्सका तर्फबाट अंकित दाहाल, सुशिल बस्नेत, डेबिट खड्काले १÷१ गोल गरेका थिए । विराटको तर्फबाट ओएसिस तिम्सिना र रंजित दनवारले समान १÷१ गोल गरे । मंगलबारको पहिलो खेल अपर्ण र बिकेभिएम स्कुलबिच हुनेछ । सोही दिन हुने दोस्रो खेल गोदावरी र मोर्डन एरा, तेस्रो खेल डनवस्को र ग्रेडेड, चौथो खेल बालमिकी र सेन्टजोसेफ, पाँचौ खेल मदरल्याण्ड र जेम्स स्कुलबिच प्रतिस्पर्धा गर्ने खेल संयोजक संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।
एजेन्सी, जेठ १२-कोरोना भाइरसका १६४ संक्रमित देखिएपछि दक्षिण अफ्रिकाको पोनेन्ग सुन खानीमा काम बन्द गरिएको छ । पोनेन्ग संसारको सबैभन्दा गहिरो सुनखानी हो । एक महिना बन्द गरिएपछि गत महिनादेखि पुनः काम सुरु भएको थियो...
काठमाडौं, ४ माघ-निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्रका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका लागि आयोगले...
विराटनगर । कोशी प्रदेश सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा विपक्षीले महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गरेको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्ग, मुख्यमन्त्री उद्धव थापा र सभामुख बावुराम गौतम विरुद्ध परेको...
एजेन्सी, १४ असार ।बंगलादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् । व्यावसायिक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्...
काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतको इजलास निर्धारण गर्दा प्रधानन्यायाधीशको एकल आजदेखि तोडिँदै छ । अब न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास पाउनेछन् । आधुनिक नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट हुन लागेको गोलाप्रथा प्रक्रियाको माग गरी सर्वोच्चका न्यायाधीशहरु एक...
विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ७९ जना प्रतियोगिहरु छनोट भएका छन् । भदौ १६ हुने फाइनलमा विभिन्न चरणको अडिसनबाट ७९ जना छनोट भएका हुन् । जय मिडिया मेनेजमेन्ट प्रा लि...
काठमाडौं, १ कात्तिक ।सरकारले कार्तिक २ गते मुस्लिम समुदायलाई बिदा दिने निर्णय गरेको छ । सरकारले १४९६ औं मोहम्मद जयन्तीको अवसरमा बिदा दिने निर्णय गरेको हो । सोमबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले...
झापा, १५ असोज-झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ बिगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण...