आज १७०३ संक्रमित थपिए, १२३६ जना डिस्चार्ज - News Birat

आज १७०३ संक्रमित थपिए, १२३६ जना डिस्चार्ज

न्यूज विराट

गत २४ घण्टामा १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ जना पुगेको छ ।

त्यस्तै, आज १ हजार २ सय ३६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख ९ हजार ४ सय ३५ जना डिस्चार्ज भएका छन् ।

शुक्रबार २३ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles